Birat Post शनिबार, साउन ३१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ साउन । विराटनगरमा हरेक वर्ष हुने ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूण तयारी पूरा भएको छ । जसको सुरक्षाका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा सम्पन्न गरिएको छ । भोली आइतबार रथयात्रा निस्कने छ । विराटनगर महानगरपालिका वडा नम्बर- १ को राधाकृष्ण मन्दिरबाट निस्कने यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ ।

रथ यात्रामा नेपाल र भारतका झन्डै ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकको छ । रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गरेर मन्दिरमै आई समापन हुनेछ । रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुने रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।

१९८८ सालमा ‘खटयात्रा’का रूपमा सुरु भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । जीर्ण भइसकेको पुरानो रथ विस्थापन गर्दै यो वर्षदेखि १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ प्रयोगमा ल्याइएको छ । यस पटकको रथ पहिलोको भन्दा उचाइ, चौडाइ र लम्बाइमा बढाइएको छ । सबैतर्फ काठ प्रयोग गरी विभिन्न भगवानका आकृतिलगायतका बुट्टाहरू कुँदेर बनाइएको छ । स्वदेशी र विदेशी कालिगडहरूले यस पटक रथ बनाएका छन् । मोरङ प्रहरीले रथयात्रामा हुने भिड व्यवस्थापनका लागि विशेष सुरक्षा तयारी गरेको छ । प्रहरीका अनुसार, अनुसार सशस्त्र प्रहरी, जनपथ प्रहरी, अनुसन्धान र सादा पोसाकमा समेत गरी हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

सम्बन्धित

ताजा अपडेट
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू
नेपालबाट बाहिरियो मनसुन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल