Birat Post आइतबार, भाद्र ०८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,८ भदौ ।  देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेल अन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको लागि उर्दी जारी गरेको भन्दै जाग नेपाली अभियानले आपत्ति जनाएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जाग नेपालीका संयोजक डा.दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने र एकआपसमा लडाएर देशलाई रगतको आहालमा परिणत गर्ने खेल भइरहेको बताए ।

‘देवनागरी लिपी यो देशको एकताको प्रतीक हो । तराईको एउटा मधेशीले पनि यो लिपी बुझ्छ, पहाडको पहाडीले पनि यो लिपी बुझ्छ र हिमालको एउटा हिमालीले पनि यो लिपी बुझ्छ, चिन्छ । यो लिपीलाई मेटाएर यो देशको जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पारेर, लडाएर यो देशलाई रगतको आहालमा डुबाउन खोजिएको छ । यो देशमा हामी हामीलाई लडाउने खेल भइरहेको छ,’– उनले भने ।

जाग नेपाली अभियानले नेपालको धर्म, संस्कृति, परम्परा, भाषा, लिपिमाथि योजनाबद्ध आक्रमण हुँदै आएको बताएको छ । नेपालको गौरवशाली सम्पदाहरु नै सखाप पारेर नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने ग्रान्डडिजाइनको पछिल्लो तारो देवनागरी लिपी बनेको जाग नेपाली अभियानको निष्कर्ष छ ।

इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाई नै प्रभावित पारिएको र अरबौं कमिशनको खेल भएको जाग नेपाली अभियानको ठहर छ ।

‘पहिचान मेट्नेगरी योजनावद्ध रुपमा भएका पड्यन्त्रको पछिल्लो कदम अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रभावित पारेर यातायात व्यवस्था विभागले १ असोज २०८२ बाट अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडानको उर्दी जारी गरेको छ । नेपालीहरुको महान चाड दशैंको मुखमा पारेर लिपि नै नामेट पार्ने यो कदम इतिहासकै ठूलो राष्ट्रघात हो,’– जाग नेपाली अभियानले भनेको छ ।

यस्तो धम्कीबाट विचलित नभई रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्नसमेत अपिल गरिएको छ । नेपाल र नेपालीको अस्तित्व अनि सार्वभौमिकतासँग जोडिएको देवनागरी लिपि जोगाउन आम नागरिक, पेशाकर्मी, समाजसेवीका अलावा संघसंस्थाहरुलाई एकतावद्ध भई आन्दोलनमा उत्रन र साथ दिनसमेत जाग नेपाली अभियानले आग्रह गरेको छ ।

जाग नेपाली अभियानले इम्बोस्ड नम्बर लागू  गराउने निर्णयको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । संघर्षका कार्यक्रमअन्तर्गत भदौ ९ र १० गते विभिन्न राजनीतिक दल र संघसंस्थालाई ज्ञापनपत्र बुझाउने, ११ गते समाजका विभिन्न संस्था र व्यक्तित्वहरुसँग परामर्श र भाद १३ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइएको छ ।

त्यसैगरी, अधिवक्ता रामेश्वर राउतले जनतालाई संविधानले दिएको भाषा, साहित्य र संस्कृतिको अधिकार सरकारले हडप्न खोजेको बताए । इम्बोस्ड नम्बर लागू गराउने क्रममा ५ खर्ब, ४५ अर्ब ५५ करोड रुपैयाँ राज्यकोष हिनामिना भएको उनको दाबी छ । २ सयमा बन्ने मोटरसाइकलको नम्बर प्लेटलाई ३ हजार ५ सय र २ सय ५० मा बन्नेलाई ६ हजार ५ सय निर्णारण गरिएको उनले बताए ।

नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले इम्बोस्ड नम्बर जडानको नाममा देवनागरी लिपीलाई समाप्त पार्न खोजिएको बताए । राष्ट्रको आत्मा भाषा रहेको बताउँदै उनले यसलाई समाप्त गर्ने खेलअन्तर्गतको श्रृङ्खला भइरहेको दाबी गरे ।

‘२०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य रुपमा जडान गर्नुपर्छ भनेर नेपाल सरकारले सूचना निकालेको छ । यो अत्यन्तै आपत्तिजनक विषय हो । इम्बोस्ड नम्बर जडान गर्नु आपत्तिजनक कुरा होइन । आपत्तिजन कुरा के हो त भन्दा नेपाली भाषा निमिट्यान्न पार्न खोजियो । देवनागरी भाषा त्यसमा समाप्त पार्न खोजियो,’– उनले भने ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल