Birat Post मंगलबार, भाद्र १७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ भदौ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव शरणकुमार पाण्डेले ‘पावर एक्सरसाइज’ को प्रयास गरेका छन् । मन्त्रालयवाट गत साउन २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय काठमाडौं सरुवा भएपनि उनी ‘पावर एक्सरसाइज’ गरेर कोशी प्रदेशमै फर्किएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशमा रहदा मन्त्री खगेनसिं हाङगाम संग सचिव पाण्डेको मतभेद बढेको थियो । मन्त्री हाङगामलाई चुनौती दिने भन्दै सचिव पाण्डे पुनः मन्त्रालयमै फर्किन खोजेको जानकारहरु बताउछन् ।

यस संगै सरुवा भएका पाण्डेले उल्टै मन्त्रालयको सवारीसाधन प्रयोग गर्दै  हिडिरहेको समेत पाइएको छ । गाडि दुरुपयोग भएको घटना सार्वजनिक हुनेवित्तिकै मन्त्रालयले गाडि फिर्ता बोलाएको थियो । यस विषयलाई उल्टै उचालेर सचिव पाण्डेले मिडियावाजी गरेको समेत पाइएको छ ।

यस सगै सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा कामकाजको लागि गत भदौ १३ गते मन्त्रीपरिषदको बैठकको निर्णयले खटाएको थियो । मुख्यमन्त्री कार्यालय अन्तर्गत खटाइएको कर्मचारीलाई मन्त्रालयले सेवा सुविधा दिन नमिल्ने कानूनी प्रावधान छ । सचिव भएर मन्त्रालयमा आएदेखीनै मन्त्रालय मातहतका कर्मचारीसँग काम गर्ने वातावरण सचिवले वनाउन सकेका थिएनन् । यस संगै मन्त्रीका हरेक निर्णयहरुलाई कार्यान्वयनमा नलाने ,धेरै समय भ्रमण र विदामा वस्ने गरेका कारण मन्त्रालयका काम प्रभावित समेत बनेका थिए ।

एकातीर सरुवा भएको कर्मचारी किन त्यही मन्त्रालय बस्न चाहन्छन् ? भन्ने विषयमा समेत कर्मचारी वृतमा चर्चा हुन थालेको छ । मन्त्री हाङगामको सचिवालयले गाडिको विषयलाई लिएर सचिव पाण्डेले तिलको पहाड बनाउन खोजेको प्रतिक्रिया दिएको छ । यता मन्त्री हाङगामले समेत अनावश्यक विषयमा टिप्पणी नगर्ने प्रतिक्रिया दिएका छन् ।

यस्तै सचिव पाण्डेले आफ्नो सरुवा भए पनि फेरि सरुवा रद्द भएका कारण मन्त्रालयमै रहेर काम गर्दै आएको दावी गरेका छन् । ‘सरुवा भएको पनि सही हो, फेरि यहीँ कायम भएको थियो’ उनको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल