Birat Post शुक्रबार, भाद्र २०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

मोरङ, २० भाद्र / सुनसरीको इनरुवास्थित झुम्का कारागारमा रहेका सयभन्दा बढी बिरामीमा एन्जाइटी भएको भेटिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार बुधबार राति अस्पतालको टोलीले कारागारमा पुगेर बिरामीको उपचार जाँच गरेको थियो।

अस्पतालका सह–प्रवक्ता डा. अभिजित सिंहले बुधबार राति साढे ८ बजे पाँच जना विभिन्न रोगका विशेषज्ञ चिकित्सक, दुइजना नर्स र दुईजना ल्याब प्राविधिकसहित ९ जनाको टोलीले कारागारमा पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरेको बताए।

टोलीले कारागारमा गरेको परीक्षण र त्यसको रिपोर्टबारे बिहीबार प्रतिष्ठानमा गरिएको छलफलपछि सह–प्रवक्ता डा. सिंहले उपचारमा पुगेको ¥यापिड रेस्पोन्स टिमले बिरामीको परीक्षण गर्दै बिहीबार राती नै करिब १२ जनालाई थप अनुसन्धानका लागि प्रतिष्ठानको आकस्मिक वार्डमा भर्ना गरिएको बताए।

उनले भने, ‘टोलीले घटना भएको रातिनै केही बिरामीलाई थप अनुसन्धानका लागि प्रष्ठिानमा भर्ना गराएको थियो। जसमा एक जनाको नाकबाट रगत बग्ने, दुई जनामा उच्च रक्तचाप, लगायत रहेको थियो। यसक्रममा टोलीले कारागारमा बिरामीहरुको डेङ्गी परीक्षण, कोभिड परीक्षण लगायत गरेको थियो।’
१ हजार ८ सय बिरामी रहेको कारागारमा बुधबार एकाएक करिब १ सय बढि बिरामी भए भन्ने जिल्ला प्रहरी कार्यालय सुनसरीको खबरसंगै बिपीबाट चिकित्सकको टोली उपचार परीक्षणका लागि कारागार पुगेको उनले बताए।

पछिल्लो १२ दिनदेखि कैदीमा यस्ता समस्या देखिएको बताउँदै सह–प्रवक्ता डा. सिंहले बुधबार र विहीबार कारागारमा करिब ४ सय जनामा परीक्षण गर्दा अधिकांशमा एन्जाइटी र एकसय जनामा उच्च रक्तचापको समस्या देखिएको बताए। यसक्रममा १० जनामा गरिएको कोभिड परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ रहेको प्रतिष्ठानले जनाएको छ।

यसअघि, कारागारमा विभिन्न स्वास्थ्य समस्याका कारण ३ जनाको मृत्यु भएको थियो। अस्पतालमा भएको छलफलपछि जानकारी दिदैं सह प्रवक्ता डा. सिंहले हाल कारागारमा डराउनुपर्ने अवस्था नरहेको बताए। यद्धपी, भाइरल संक्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्नेमा चिकित्सकहरुले सुझाव दिएका छन्।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल