Birat Post शनिबार, आश्विन ०४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,४ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्ना कार्यकर्तालाई चुनावमा होमिन आग्रह गरेका छन्। संविधानको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको उनले बताए । ‘सरकारले यो संविधानमा भएको प्रावधानलाई टेकेर ६ महिनाभित्र चुनाव गर्ने भनेको छ’ कोइरालाले भने, ‘अहिले संविधान डिरेल भएको छ, तर यसलाई ट्र्याकमा ल्याउने भनेको निर्वाचनबाटै हो ।’

शनिबार विराटनगरस्थित निवासमा भएको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले अब चुनावको विकल्प नभएको भन्दै छ महिनापछि हुने चुनावमा संयम भएर लाग्न आग्रह गरेका हुन्। जेन जी आन्दोलनपछि पूर्वप्रधान्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारलाई चुनाव गराउनेबाहेक अर्को अधिकार नभएको उनले बताए ।

यस्तै जेनजी आन्दोलनपछि पहिलो पटक विराटनगर आएका डाक्टर कोइरालाले आगजनीले खण्डहर भएको ऐतिहासिक निवास हेरेपछि भावुक बनेका थिए । उनले भने, ‘यो शेखर कोइरालाको घर होइन, लोकतन्त्रका लागि राणाकालदेखि लडेको घर हो, कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई फाटेको भोटो पठाएको घर हो यो ।’
कोइराला विराटनगर आएसंगै कांग्रेस जिल्लाका नेताहरु बाक्लो संख्यामा निवास पुगेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
वैदिक कर्मकाण्ड परिषद्को वार्षिक साधारणसभा र अधिवेशन विराटनगरमा हुदै, धार्मिक गुरुहरुले के भने ?
विराटनगर पुगेर कांग्रेस नेता डा.शेखर कोइरालाले के भने ?
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल