
विराटनगर,४ असोज ।
धार्मिक नेताकारुपमा चिनिएका युवा नेता भीम पराजुलीले जगतगुरु बालसन्तसंग शनिबार विराटनगरमा भेट गरेका छन् । पछिल्लो समय जेन जी पुस्ताले गरेको आन्दोल र देशको वर्तमान परिस्थितीका विषयमा पराजुलीले जगतगुरुसंग विचार विमर्श गरेका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पराजुली युवा माझ लोकप्रिय छन् । जेनजी आन्दोलन हुनुपूर्वनै नेपाली कांग्रेस केन्द्रीय कमिटीमा जेनजी पुस्तासंग मिलेर डिजिटल प्रोग्राम ल्याउनुपर्ने साथै युवाहरुको सहयोगमा देशको समग्र विकास गर्नुपर्ने माग गरेका थिए । पछिल्लो समय जेनजी पुस्ता संग पनि उनले परामर्श गरिसकेका छन् ।
नेपालको धार्मिक,सास्कृतिक ,मौलिक तथा प्राकृतिक धर्मका विषयमा समेत पराजुलीले आवाज उठाउदै आएका छन् । जगतगुरु संग भेटेको कुरा पराजुलीका स्वकीय सचिव लोकेन्द्र तिम्सिनाले पुष्टी गरेकाछन् । तिम्सिनाले भने, “उहाँले पछिल्लो घटनाक्रम संगै समाजका सवैखाले व्यक्तिहरुसंग परामर्श लिइरहनु भएको छ ।”
जेन-जी आन्दोलन संगै पछिल्लो समय नेतृत्व परिवर्तनको कुरा पार्टीमा जोडदाररुपमा उठिरहेको छ । युवा पुस्तालाई अघी सारेर अगाडि वढ्नुपर्ने नैतिक दवाव शिर्ष नेताहरुलाई परेको छ । यस संगै नेता पराजुली पनि निकै सक्रिय देखिएका छन् ।