Birat Post बिहिबार, आश्विन ०९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ असोज ।

बहुप्रकोपजन्य घटनालाई पूर्व जानकारी दिने उद्देश्यले मोरङको जहदा गाउँपालिका वडा नम्बर सातमा बहुप्रकोपजन्य साइरन सञ्चालनमा ल्याएको छ । जहदा गाउँपालिकाका सात वटा वडाहरु मध्ये वडा नम्बर एक, दुई र सात नम्बर वडा बाढी र डुबानबाट हरेक बर्ष क्षति हुँदै आएकाले क्षति न्युनीकरण गर्ने उद्देश्यका साथ साइरन जडान गरिएको पूर्व तयारी तथा पूर्व अनुमान समावेशीद्धारा विपद प्रभाव न्यूनीकरण कार्यक्रमका संयोजक तेज श्रेष्ठले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी मोरङ र जहदा गाउँपालिकाको सहकार्यमा जडान गरिएको साइरनले विपद पूर्व सुचना जानकारी दिने छ । मोरङको लेटाङ नगरपालिकासँग समन्वय गरेर लोहन्द्रा खोलाको शिरमा बर्षामापन केन्द्र राखिएको र त्यहाँ २४ घण्टामा दुई सय मिलिलिटर पानी पर्दा लोहन्द्रा खोलामा बाढी आउँछ । लोहन्द्रा खोलाको रामचौकमा रिभर स्टेशन राखिएकाले पानीको बहाब बढेमा साइरन बज्ने भएकाले स्थानीयहरु सचेत हुने श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दे मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले साइरन जडानले विपदबाट हुने जोखम न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भयो । यसखाले प्राविधिक कुराहरुलाई समस्याग्रस्त स्थानमा राख्न सके सम्भावित दुर्घटना र धनजनको क्षतिवाट बचाउन सकिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र उपाध्यक्ष हन्ना सोरेनले जहदा गाउँपालिकामा बर्षेनी बहुप्रकोपजन्य विपद बाढी, डुबान, सर्पदंश, आगलागी लगायतका विपदका कारण धनजनको क्षति पुग्ने गरेको बताउँदै अब क्षति न्युुनीकरण हुनेमा आफूहरु विश्वस्त रहेको बताउनु भयो । विपत पूर्व तयारी स्वरूप रेडी प्रोग्राम अन्तर्गत नेपाल रेडक्रस मोरङ शाखाले साइरन राखेको नेपाल रेडक्रश सोसाइटी मोरङ शाखाका सभापति सुकदेव मण्डलले बताउनु भयो ।

बहुप्रकोपजन्य साइरनवाट जहदा गाउँपालिकका एक, दुई र सातका स्थानीयहरुलाई सचेत गराउनेछ । लोहन्द्रा खोलामा आउने बाढीका कारण स्थानीयहरू लामोसमयदेखि पिडित बनेका थिए । सम्भावित अन्य बहुप्रकोपजन्य घटनालाई समेत पूर्व जानकारी दिने उदेश्यका साथ यो साइरन राखिएको हो । साइरनमा १० वटा अंक जडान गरिएको छ ।

एकदेखि १० अंकमा फरक फकर साइरन बज्ने छ । एक थिचेमा बाढी आउन लाग्यो तुरुन्त सुरक्षित हुनुहोस , दुई थिचेमा गाउँमा आगलागी छ, आगो निभाउन मद्दत गर्नुहोस्, तिनमा सावधान चटयाङ् पर्न सक्छ, सुरक्षित स्थानमा जाउ लगायतका सुचना राखिएको छ । यस्ता साइरन जोखिम हुने अन्य स्थानमा पनि जडान गरिने आयोजकले जनाएको छ । रेडी प्रोग्रामले जहदा गाउँपालिकामा विपदको जोखिमबाट बच्न विभिन्न सचेतना कार्यक्रम गर्नुका साथै तटबन्धन निर्माण लगायतका कार्य गर्दे आएको छ ।

सम्बन्धित

ताजा अपडेट
नवरात्रभर अन्न नखाई व्रत र उपासना गर्दै नेता पराजुली
प्रधानमन्त्री कार्कीले बेइमानी गरेको डा.दीक्षितको आरोप, जेन-जी आन्दोलन नै हाइज्याक भएको दाबी
पूर्वराजा शाहको आग्रह- अब बिगार्ने होइन, युवाको अभिलाषा समेट्दै सपार्नतिर लागौं

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल