Birat Post शनिबार, आश्विन ११, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ असोज । पत्रकार सुशीला पाठकलाई स्वर्गीय पदमप्रसाद अम्बिकादेवी दाहाल स्मृतिकोषबाट सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ११ हजार रुपैयाँ राशिसहित सम्मान पत्रले पाठकलाई सम्मान गरिएको हो । पत्रकार पाठक नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष समेत हुन् । दाहाल प्रतिष्ठानले शनिबार विराटनगर एक कार्यक्रम गरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद दाहाल, महासचिव सूर्यकुमार दाहाल, निवर्तमान केन्द्रीय अध्यक्ष शालिग्राम दाहाल, युवराज दाहाल, नारायणप्रसाद दाहाल लगायतले पाठकलाई सम्मान गर्नुभएको हो ।

यसैगरी, दाहाल प्रतिष्ठानअन्तर्गत स्थापित कोषहरूबाट समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरिएको छ । स्वर्गीय विद्यादेवी, बाबुराम(सरस्वती दाहाल सेवा कोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’ बाट पण्डित भवानी शंकर निरौलालाई ३१ हजार रुपैयाँ, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज केसीलाई २५ हजार रुपैयाँले सम्मान गरिएको हो ।

त्यसैगरी, सोही कोषबाट वराहक्षेत्र गुरुकुलका युगल दाहाल र उदयपुर गुरुकुलका पुष्पराज भट्टराईलाई सात हजार रुपैयाँसहित प्रोत्साहन स्वरूप सम्मान गरिएको छ । प्रतिष्ठानले सोही अवसरमा स्वर्गीय पण्डित जानकीवल्लभ(चन्द्रप्रभा दाहाल स्मृति कोषका तर्फबाट दमकका कुलबधु डोयनालाई ‘सामाजिक सम्मान’ र यमुना कोइराला दाहाललाई ‘वर्ष कुलबधु सम्मान’ प्रदान गरिएको छ ।

स्वर्गीय पदमप्रसाद(अम्बिकादेवी दाहाल स्मृति कोषका तर्फबाट भक्ति दाहाललाई ‘लेखन तथा साहित्य सम्मान’ प्रदान गरिएको छ । सोही कोषबाट ११ हजार राशिसहित सुमितकुमार खड्कालाई ‘राष्ट्रिय गायक सम्मान’ र ललितनारायण राजवंशीलाई ‘वर्ष खेलाडी सम्मान’ बाट सम्मानित गरिएको छ ।

स्वर्गीय चन्द्रकान्त(दिव्यश्वरा दाहाल स्मृति कोषको तर्फबाट धनमाया दाहाललाई छ हजार एक सय ५५ रुपैयाँ राशिसहित ‘वर्ष आमा सम्मान’ प्रदान गरिएको छ भने सोही कोषबाट पाँच हजार पाँच सय ५५ रुपैयाँ राशिसहित पोखरिया माविका उदय सिटौला र आदर्श माविका शुभेच्छा दाहाललाई उत्कृष्ट छात्रछात्रा सम्मानबाट पुरस्कृत गरिएको छ ।

दाहाल प्रतिष्ठानका महासचिव सूर्य दाहालले सोही समारोहमा प्रतिष्ठानको तर्फबाट बाबुराम दाहाललाई ‘अक्षय कोषदाता सम्मान’, कमलराज दाहाललाई ‘जग्गादाता सम्मान’ र धिरेन्द्र दाहाललाई ‘संरचना निर्माता सम्मान’ प्रदान गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
नवरात्रभर अन्न नखाई व्रत र उपासना गर्दै नेता पराजुली
प्रधानमन्त्री कार्कीले बेइमानी गरेको डा.दीक्षितको आरोप, जेन-जी आन्दोलन नै हाइज्याक भएको दाबी
पूर्वराजा शाहको आग्रह- अब बिगार्ने होइन, युवाको अभिलाषा समेट्दै सपार्नतिर लागौं

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल