Birat Post आइतबार, आश्विन १२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १२ असोज । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले सनातिना माछामात्रै समात्ने र ठूला माछा समात्ने कुनै चान्स नरहेको बताएका हुन् ।

निर्वाचन घोषणा भइसकेको अवस्थामा उही संविधान, उही संसदीय व्यवस्था, उही नेता र उही पार्टीहरुबाट कुनै निकास ननिस्किने उनले बताए । निर्वाचनमा गुण्डागर्दी हुने, प्रशासन नेताहरुले आफ्नो हातमा लिएको र उनीहरुले नै चुनाव जित्ने डा.दीक्षितले बताए । ‘कसको हिम्मत होला यो ठूला टाउकेहरुलाई समात्ने ? फर्केर यिनीहरु त आउने हुन् नि,’– उनले भने ।

डा.दीक्षितले जेन–जी आन्दोलनको मर्मविपरीत अहिलेको सरकार बनेको दाबी गरे । उही राष्ट्रपति र पुरानै संविधानमा टेकेर नै अहिलेको सरकार बनेको डा.दीक्षितले बताए । जेन–जीले प्रधानमन्त्री बनाएपछि जेन–जीको मुद्दामा कार्की गम्भीर हुनुपर्नेमा त्यसो नभएको उनले बताए । ‘जेन–जीको मुद्दामा निर्वाचन शब्द कही पनि छैन । तर, उनले मेरो प्राथमिकता चुनावी सरकार भनिन् । जेन–जीले कार्यकारीका लागि चुनावमा जाने, प्रदेश नराख्नेलगायतको एजेण्डाहरु लिएको भए पनि त्यो ओझेलमा परेको उनले बताए । जेन–जी आन्दोलन हाइज्याक भएको उनको निष्कर्ष छ ।

‘जेन–जीको डिमाण्ड सुनेपछि मात्रै उनी प्रधानमन्त्री भएकी हुन् । उनले भन्न सक्नुपर्थ्यो– तपाईँहरुको मुद्दा केही पनि सम्बोधन गर्न सक्दिनँ । म निर्वाचनमा चाहिँ जान सक्छु । त्यो पनि तपाईँहरुको मुद्दामा छैन । मैले यो प्रधानमन्त्री लिन मिल्दैन । तर, आखिर लोभ सबैलाई हुँदो रहेछ । न्यायको मुर्ति भएर बसेको ब्यक्तिले भन्न सक्नुपर्दैन ? पुरानै संविधानमा टेकेर मैले मैले यो गर्न सक्दिनँ । म प्रधानमन्त्री हुन्न । अन्तरिम संविधान बनाएरमात्रै म जान सक्छु, नत्र म बस्दिनँ, त्यो किन नभनेको ? बेइमानी होइन यो, जेन–जीको आन्दोलनमाथि टोटल बेइमानी हो त्यो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल