Birat Post मंगलबार, आश्विन २१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ  ,२१ आश्विन । मुलुकका विभिन्न भागमा भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने व्यहोरा स्पष्ट पारेको छ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्ति अनुसार, आयोगले भौतिक एवं मानवीय क्षतिसम्बन्धी सूचना वा निवेदन ग्रहण गरी विश्लेषण र कारबाहीका सम्बन्धमा आवश्यक रायसहितको प्रतिवेदन नेपाल सरकारलाई पठाएपछि कानुनबमोजिम गरिनेछ।

सो सम्बन्धमा फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने गृह मन्त्रालयबाट मिति २०८२।०६।०९ गते जारी विज्ञप्ति प्रति आयोगको ध्यानाकर्षण भएको र सोहीबमोजिम गर्न सूचित गरिएको विज्ञप्तिमा उल्लेख छ।जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम गठन भएको यस आयोगले मिति २०८१ भदौ २९ गतेदेखि कार्य प्रारम्भ गरेको थियो। यस विज्ञप्तिसँगै, प्रहरीलाई अब भदौ २३ र २४ गतेका घटनामा संलग्न आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल