Birat Post मंगलबार, आश्विन २१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ असोज ।
धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । मंगलबार विराटनगरका धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए ।

यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु र अभियानहरु प्रभावकारीरुपमा चल्दा धर्मान्तरण समेत रोकिनेक्रममा रहेको दावी गरे । उनले भने,” सवैका धर्ममा केही न केही कमजोरी छन् ,हाम्रामा पनि होलान् तर त्यसमा अल्झिएर बस्नु भन्दा सकारात्मक ढंगले समाधानको बाटो निकालेर अव अगाडि बढ्नु पर्छ ।”

सनातन धर्मका विषयमा मात्रै खोट लाउनेहरु गलत मनसायवाट परिचालित हुन् भनेर बुझ्न र सोही अनुरुप मुकाविला गर्न आग्रह गरे । विश्वमै हेर्दा नेपाल र भारतमा मात्रै ठूलो जनसंख्यामा हिन्दुहरु रहेको तर दुइ देशका हिन्दुवीच आपसी संवाद हुन नसकेको भन्दै यसलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा श्रीहरि सत् संघ केन्द्रीय अध्यक्ष भीखमचन्द शरलले जोशीलाई सम्मान तथा स्वागत गरेका थिए । जोशीको विराटनगर कार्यक्रमको संयोजन धार्मिक युवा अभियन्ता कौशल निरौलाले गरेका हुन् । अभियन्ता निरौलाले सनातन धर्म संस्कृति,सभ्यता संरक्षणमा लाग्न अभिप्रेरित हुने कार्यक्रमहरु नियमितरुपमा भइरहेको जानकारी दिए ।

जोशीले श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पिठाधिस अच्युत स्वामीलाई समेत भेटेका थिए । कार्यक्रममा धार्मिक अभियन्ता ललित तामाङ ,महेश कुमार स्वर्णाकार ,सुरज नेपाल,विकास कार्की,अनन्त पराजुली लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बिहीबारको भाउ : सुन घट्यो, चाँदी बढ्यो
साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल