Birat Post बिहिबार, कार्तिक १३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ, १३ कार्तिक – विपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ-भकुण्डेबेसी-सिन्धुली सडकखण्डमा सवारीसाधान सञ्चालनमा रोक लगाएको छ।

आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म यस सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ।

‘मोन्था’ नामको चक्रवात नेपाल प्रवेश गरेसँगै देशभरका विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षा भइरहेको छ। भोलिसम्म बागमती प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाको प्रक्षेपणसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विपी राजमार्गमा रात्रीकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि विपी राजमार्गअन्तर्गत खुर्कोटबजार सिन्धुलीबाट काठमाडौँ भित्रने सवारी सधानलाई आज साँझ ५ बजेदेखि सञ्चालनमा रोक लगाएको छ।

एम्बुलेन्स र अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधन भने सञ्चालनमा रोक लगाइएको छैन।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल