
काठमाडौँ२७ कार्तिक/ नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सई र तिनका आश्रित परिवारलाई आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गरेका छन्।
बिहीबार ३३ औँ आइजिपीका रूपमा पदभार ग्रहणपछि नीति निर्माण समिति (पिसिसी) बैठकमार्फत् प्रहरी कल्याण कोषबाट खर्च हुनेगरी सहुलियत कर्जा उपलब्ध गराउने निर्णय कार्कीले गरेका हुन्।
५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने निर्णय भएको हो।
उक्त कर्जा स्वास्थ्य, शिक्षा, घरायसी समस्यालगायतका आकस्मिक अवस्थामा दिइने पनि प्रहरी कार्यालयले जानकारी दिएको छ। कर्जाको सीमा २ लाख रुपैयाँसम्म हुने छ।
कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकबाट आइजिपीमा बढुवा भएका कार्कीले बिहीबारदेखि जिम्मेवारी सम्हालेका हुन्।