Birat Post आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

 

मोरङ,३० कार्तिक  ।मोरङको बुढिगंगा गाउँपालिका स्थित टंकिसिनवारीमा एकदिवसीय योग,ध्यान,साधना तथा हिप्नोसिस कार्यक्रम आइतबार सम्पन्न भएको छ । टंकीसिनवारी जेसिस सभाहलमा भएको कार्यक्रममा डा.योगी विकाशानन्दले ध्यान,ज्ञान र साधनाका विषयमा जानकारी गराएका थिए ।

मोरङ पब्लिक स्कुल र बिकाशानन्द फाउण्डेसनको सम्युक्त आयोजनामा भएको कार्यक्रममा २ सय भन्दा बढी मानिसहरुले योग ध्यान र साधना गरेका थिए । नेपाल मनोक्रान्तीका योगद्रष्टा डा.विकाशानन्दको योग ,ध्यान र साधना लिन मानिसहरुमा उत्सुकता देखिएको कार्यक्रममा विशिष्ठ अतिथिकारुपमा पुगेका बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत कुमार थापा मगरले बताए ।

बिकाशानन्द फाउण्डेसन विश्व परिवार विराटनगरकी अध्यक्ष गीता पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल कंकालीनी माइ गणका प्रमुख सशस्त्र प्रहरी निरिक्षक ज्ञान बहादुर श्रेष्ठ,बुढीगंगा गाउँपालिका वडा नं १ का वडाध्यक्ष सोमराज काफ्ले ,मोरङ पब्लिक स्कुलका प्रधानाध्यापक नगेन्द्र प्रसाद ढकाल,राजधानी युवा क्लवका अध्यक्ष राजु ढकाल,जीवन विज्ञान विराटनगर शाखा प्रमुख ध्रुव कार्की,घनश्याम चन्द्रकला स्मृति प्रतिष्ठानका दामोदर प्रसाद पोखरेल,विकाशानन्द विश्व परिवारका कोशी प्रदेश सचिव मणि रिजाल ,टंकीसिनवारी जेसीजका अध्यक्ष अनिष भट्टराई लगायतको सहभागिता रहेको कार्यक्रमका एक सदस्य जीवन निरौलाले जानकारी दिए । योग,ध्यान शिविरमा सहभागीहरुले बेला-बेलामा हुने यस्ता कार्यक्रम जीवन उपयोगी रहने भन्दै खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर महानगरद्वारा त्रैमासिक समीक्षागोष्ठी सम्पन्न
रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा टंकीसिनवारीमा रक्तदान कार्यक्रम
मोरङको टंकिसिनवारीमा एक दिवसीय योग,ध्यान,साधना तथा हिप्नोसिस कार्यक्रम,स्वामी डा.विकाशानन्द सहभागी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल