
विराटनगर,३० कार्तिक / विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक समीक्षागोष्ठी टेन्टभित्रै सञ्चालन गरेको छ ।
जेनजीआन्दोलनका कारण भवनमाक्षतिपुगेपछि महानगरले टेन्टभित्रै समीक्षागोष्ठी सञ्चालन गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरालाकार्की, प्रमुखप्रशासकीयअधिकृत योगेन्द्र दुलालको उपस्थितिमाभएको गोष्ठीमा चालु आर्थिक वर्षको तीनमहिनाको अवधिमामहानगरबाट भएकाकार्यप्रगति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राजस्वव्यवस्थापनमहाशाखाप्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखाप्रमुखप्रतीक गड्तौला, स्वास्थ्यमहाशाखाप्रमुख डा. दिलीपकुमार यादव, भौतिकपूर्वाधार महाशाखाकाप्रमुखअर्जुन थापा, आर्थिक प्रशासनमहाशाखाकाप्रमुख संजीव भट्टराई, शैक्षिकप्रशासनमहाशाखाकाअधिकृत रमेश ढुंगाना, कानुनशाखाकीप्रमुखशारदा थपलियाले आ–आफ्नाशाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै सामाजिकविकास महाशाखाकीप्रमुखमञ्जु लोहनी, भण्डारण शाखाप्रमुखअजयसाह,विपदतथावातावरण शाखा र सूचनाशाखाकीप्रमुखकमला निरौला, नगर प्रहरीकाप्रमुख राजनपौडेललगायतले पनिआफ्नो महाशाखा र शाखाले साउनदेखि असोज मसान्तसम्म गरेका कार्यप्रगति प्रस्तुत गरेको सामान्यप्रशासनमहाशाखाप्रमुखअर्जुन थपलियाले जानकारी दिए ।
समीक्षाअवधिमामहानगरले आन्तरिकतर्फ ११ करोड, ९८ लाख २७हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा ३५ वटा व्यवसायदर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यसअवधिमा ३ हजार ५५ वटा व्यवसायनवीकरण गरेको राजस्वव्यवस्थापनमहाशाखाप्रमुख सरोज गौतमले जानकारी दिए । जेनजीआन्दोलनकाक्रममामहानगरको प्रशासनिकभवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा आगजनी गरिएको थियो । जसका कारण सेवाप्रवाहमा समस्या देखिँदै आएको छ ।स्थानअभावकै कारण महानगरले समीक्षागोष्ठी टेन्टभित्र आयोजना गरेको छ ।