
काठमाडौं ,९ मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। भुगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ।