Birat Post बुधबार, मंसिर १०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसको विषेश महाधिवेशन पक्षधरले आज काठमाडौंमा विशेष भेला बोलाएका छन् । आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा उनीहरुले भेला बोलाएका हुन् ।

कांग्रेसका संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्न चाहन्छ भने इतर पक्ष निर्वाचन अघि महाधिवेशन गर्न चाहन्छ । एक महिनासम्म चलेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनकाबारेमा कुनै निर्णय नगरेपछि विशेष महाधिवेशन पक्षधरले भेला बोलाएका हुन् । उनीहरूले विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई २८ असोजमा बुझाएका थिए ।

कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेकाले २८ पुसभित्र नियमित वा विषेश महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा छ । तर पार्टीले विशेष महाधिवेशनकाबारेमा समेत कुनै निर्णय नगरेकाले दवाव दिन भेला बोलाइएको नेताहरुले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला गर्दै
महाधिवेशनमा होमियो एमाले, प्रतिनिधिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक
प्रधानमन्त्रीको टेबलमा राजसंस्था पुनर्स्थापनाको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल