
काठमाडौं, १० मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले एकीकरण गर्ने भएको छ । आज (बुधबार) बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो ।
पार्टी एकीकरणका प्राविधिक सवालहरु दुवै दलका नेतृत्वबाट उच्च समझदारीका साथ टुङ्ग्याइने बताएइको छ । आगामी आइतबार पार्टी एकीकरण घोषणाको कार्यक्रम तय भएको बताइएको छ ।