Birat Post मंगलबार, मंसिर २३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,२३ मंसिर ।  भन्सार अभिकर्ता (एजेन्टस्) हरुको आन्दोलनले विराटनगरस्थित एकीकृत जाँचचौकी आइसिपी पनि बन्द भएको छ। भन्सार अभिकर्ता संघ विराटनगरका अध्यक्ष देवकीनन्दन शर्माले भन्सार अभिकर्ताहरुले उठाएको मागहरुको सम्बोधन नहुञ्जेल विरोधको कार्यक्रम जारी रहने बताए।

आइतबार वीरगञ्जस्थित भन्सार कार्यालयबाट पेनडाउन हुँदै अघि बढेको विरोधले मंगलबार विराटनगर भन्सार कार्यालयसहित मुलुकभरका भन्सार कार्यालयलाई प्रभावित बनाएको हो।

अध्यक्ष शर्माका अनुसार भन्सार विभागले सरोकारवालाको मागलाई सम्बोधन गर्न नचाहेको हुँदा बाध्य भएर भन्सार बन्द गर्नुपरेको हो।

सरकारले ल्याउन लागेको भन्सार ऐन २०८२ मा जरिवानादेखि धेरै विषयमा उद्योगी, एजेन्टस् तथा आमनागरिकलाई असर पर्ने प्रावधान राखिएको बताउँदै अध्यक्ष शर्माले यसको हलका लागि सरकार गम्भीर हुनुपर्ने बताए।

यसै वीच विराटपोष्ट संग कुरा गर्दै  भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव प्रविण जोशीले भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानले अन्तराष्ट्रिय व्यापार सहजीकरण देखी देशको देशको व्यापार र पेशागत हकहितमा समेत असर गर्ने हुदा तत्काल सरकारले सच्याएर अगाडि बढ्नु पर्ने बताए । यसलाई धेरै लम्ब्याउनु भनेको सरकारले आफैलाई कमजोर बनाउनु हो,जोशीले भने “यसलाई सरकारले सच्याउनै पर्छ ।”  मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए । मंसिर २२ गतेबाट देशभरका भन्सार कार्यालयमा पेनडाउन गर्ने पनि जोशीले जानकारी दिए ।

यसअघि सरसमानको महसुल २ प्रतिशत रहेकोमा ऐनअनुसार महसुल वृद्धिमा १ सय प्रतिशतसम्म जरिवानाको प्रावधान राखिएको उनले बताए। कर्मचारीतन्त्रलाई बलियो बनाउने गरी सरकारले उद्योगी व्यवसायी तथा अभिकर्तालाई दण्डित गर्ने गरी ऐन ल्याएको अभिकर्ताहरुको भनाइ छ।

विराटनगर भन्सार कार्यालयले मंसिर महिनामा ३१ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य पाएको छ। सो अवस्थामा एकदिन भन्सार कार्यालयको कामकारबाही ठप्प हुँदा दैनिक कम्तीमा १ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने आन्दोलनरत अभिकर्ताहरुको भनाइ छ।

सम्बन्धित

ताजा अपडेट
एक व्यक्ति एक सहकारीमा मात्रै सञ्चालक बस्न पाउने, दोहोरो सञ्चालक बस्ने व्यवस्था रोक्न निर्देशन
निर्वाचन प्रयोजन : समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
योग प्रशिक्षक उत्पादन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल