
काठमाडाैं ,२५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज भइरहेको दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले बिरानगर किंग्सलाई सुरुवाती झट्का दिएको छ ।
खेलको तेस्रो ओभर सकिँदा बिरानगरले १३५ रनको लक्ष्य पछ्याउने क्रममा मात्र ६ रन जोड्दा ३ महत्त्वपूर्ण विकेट गुमाएको हाे । टस जितेर पहिले बलिङ गरेको बिरानगर किंग्सले लुम्बिनीलाई मध्यम स्कोरमा रोकेको भए पनि जवाफी ब्याटिङमा उसका विश्वस्तरीय ब्याट्सम्यानहरू चल्न सकेनन्।
बिरानगरको ब्याटिङ सुरु हुनासाथ लुम्बिनीका फास्ट बलर रुबेन ट्रम्पलम्यान र शेर मल्ल घातक साबित भए। २ रन मात्रै जाेडेका न्युजिल्यान्डका स्टार ब्याट्सम्यान मार्टिन गुप्टिललाई ट्रम्पलम्यानले ०.५ ओभरमै क्याच आउट गराए। त्यसको लगत्तै, युवा खेलाडी लोकेश बमलाई शून्यमा ट्रम्पलम्यानले डिक्वेलाको हातबाट क्याच गराउँदै पहिलो ओभरमै दोस्रो झट्का दिए।
यसैगरी दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसलाई पनि ३ रनमै शेर मल्लले क्लिन बोल्ड गर्दै बिरानगरलाई थप दबाबमा राखे।