Birat Post शनिबार, मंसिर २७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२७ मंसिर । लुम्बिनी लायन्सलाई दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जिताउन सफल कप्तान रोहित पौडेलले ओमोडा कार जितेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सो क्रममा ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै उनले कार जितेका हुन् ।

आजकाे खेलमा रोहित नायक बने । उनले ११औं ओभरमा ह्याट्रिक विकेट लिएका थिए । चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुबेन ट्रम्पलम्यानबाट क्याच गराए। दीपेन्द्रले २० बलमा १३ रन जोड्न सके। पाँचौ बलमा रोहितले दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराउँदै डकआउट गरे। छैटौं बलमा पुनित मेहरा रोहितको एलबिडब्लूको धरापमा परे। यो सिजनको दोस्रो ह्याट्रिक हो। यसअघि काठमाडौं गोर्खाजका शाहब आलमले पनि ह्याट्रिक गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
चुनौती बन्दै बैंकिङ प्रणालीमा थुप्रिएको रकम
हिमाली भागका केही स्थानमा हिमपात र वर्षा हुने
सङ्घीय सरकारले आवश्यक स्वास्थ्य ऐन र कानुनहरू नबनाइदिँदा प्रभावकारी काम गर्न कठिन भयो : मन्त्री पराजुली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल