Birat Post सोमबार, मंसिर २९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,२९ मंसिर ।

ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनको प्यानलमा उपाध्यक्षहरूमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङ छन् । महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई र सचिवहरूमा विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा र रचना खड्का छन्। पोखरेल पक्षले ओलीको प्यानल हेरेर अन्तिम टुंगो लगाउने रणनीति अपनाएको छ ।

ओली पक्षको प्रस्तावित प्यानलमा उपाध्यक्षहरूमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली छन् । महासचिव शंकर पोखरेल, उपमहासचिवहरू रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकाल तथा सचिवहरूमा पद्मा अर्याल, छवि विश्वकर्मा आदि छन् । तर, ज्ञवालीको असन्तुष्टिले यो प्यानलमा दरार देखिएको छ।

महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालित छन् । उद्घाटनमा ओली र पोखरेल दुवैले पार्टीको एकताको जोड दिए, तर मनोनयनसँगै आन्तरिक कलह बाहिरिएको छ । पोखरेलले ‘पार्टीलाई ठीक ढंगले चलाउन’ अध्यक्षमा उम्मेद्वारी दिएको बताएका छन् । यसबीच, युवा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र अनुशासन आयोग अध्यक्ष केशव बडालले सक्रिय पद छोड्ने घोषणा गरेका छन् ।

स्रोतका अनुसार, यो महाधिवेशनले ओलीको एकछत्र वर्चस्वलाई चुनौती दिन सक्छ । असन्तुष्ट नेताहरूको स्वतन्त्र उम्मेद्वारीले मत विभाजन हुन सक्छ ।ओलीको प्यानलमा स्थान नपरेपछि पार्टीका पुराना र युवा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा स्थान नपाएका नेताहरूले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल