Birat Post शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ पुष । पूर्व महासेनानी तथा जनादेश पार्टीका वरिष्ठ नेता माधवसुन्दर खड्काले ठूला पुराना दलहरुले कोर्स करेक्शन नगरेका कारण नयाँ दलहरुमा युवा पुस्ताको आकर्षण बढेको बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसंग बोल्दै उनले यस्तो बताएका हुन् ।

ठूला पुराना दलहरुले युवापुस्ताको मानसिकतालाई नबुझ्दा देश थप संकटतर्फ अग्रसर भएको दावी गरे । उनले भने, “युवा पुस्ताले विद्रोह नगरी उपाय थिएन । पुरानाले केही गर्दैनन् भन्ने भएपछि देशले विद्रोह खोज्यो र आज यो अवस्था आयो ।” अहिले पनि पुराना दलहरु सच्चिने छाटकाटमै छैनन् खड्काले भने,” एमाले महाधिवेशनले त्यही देखायो ,कांग्रेसमा पनि त्यही गति होला ।”

अहिलेको सरकार जेनजी आन्दोलन र जनताको भावनाविपरीत काम गरिरहेको भन्दै खड्काले भने ,”यही गतिमा यो सरकार हिडिरहे सहज स्थिति नहुन पनि सक्छ । हिजो नेताहरु जसरी भागे त्यसरी पनि भाग्न नसक्ने स्थिति आउन सक्छ  ।”

उनले जेनजी संग संझौतामा भए वमोजिम सम्पती छानविन आयोग बनाएर नेताहरुको सम्पत्ति छानविन, नियमन गर्ने निकायमा भागवण्डावाट पुगेका मानिसहरुलाई हटाउनुपर्ने,भ्रष्टाचार नियन्त्रण र नियमन गरि सुशासन कायम गर्नुपर्ने, सहिद परिवार र घाइतेको माग पूरा गर्नुपर्ने बताए ।

सम्बन्धित

ताजा अपडेट
सरकारले जेनजी पुस्ता र जनताको भावना विपरीत काम गरिरहे संङ्कट निम्तिन सक्छ : नेता माधवसुन्दर खड्का
जाँचबुझ आयोगको म्याद १ महिना थपियो
रविलाई २ करोड ७४ लाख धरौटीमा रिहा गर्न उच्चको आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल