Birat Post बिहिबार, पुष १०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० पुस । विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली एसोसिएशन नेपालको केन्द्रीय कार्यालय विराटनगरले पुस १२ र १३ गते विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ।

मैथिली एसोसिएशन नेपालका अध्यक्ष प्रविण नारायण चौधरीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर पुस १२ र १३ गते आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय मैथिली एसोसिएशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए । १० लाख भन्दा बढी रकम खर्चेर आयोजना गर्न लागेको विराटनगरको अन्तर्राष्ट्रिय मैथिली एसोसिएशनमा नेपाल, भारत र अन्य देशका गरी १ सय ५ जना विशिष्ट व्यक्तिहरूको सहभागिता रहने छ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले मैथिली भाषाभाषीलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न गर्नका लागि ३ लाख रुपैयाँ सहयोग गरेका छन् । मधेस प्रदेशका प्रदेश प्रमुख डा। सुरेन्द्र लाभको प्रमुख आतिथ्यतामा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलसहित ५ सय जना मैथिली भाषाभाषीहरुको सहभागीता रहने छ ।

२ दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको दौरान मैथिली एसोसिएशन नेपालले विद्यापति स्मृति सभा, शोभा यात्रा, सांस्कृतिक झाँकी प्रदर्शनी एवं शंखघोष, उद्घाटन समारोह, तीन विषयमा विद्वत् विमर्श सत्र, कवि सम्मेलन, सांस्कृतिक साँझ समेत गर्दै विराटनगर घोषणा पत्र जारी गर्ने भएको छ । पत्रकार सम्मेलनमा मैथिली एसोसिएशन नेपालका केन्द्रीय उपाध्यक्ष पंकज बर्मा, आभा अनुपमा र सचिव भास्कर चौधरीले विराटनगरमा आयोजना हुने लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको विविध पक्षबारे जानकारी गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
धवल शमशेर सहित १८३ जनाले राप्रपा छाडे
बजेट २०८३/८४ – कर क्षेत्रमा यस्ता सुधारका प्रस्ताव
विद्युतीय गाडीमा मूल्यका आधारमा भन्सार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल