Birat Post बिहिबार, पुष १०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० पुस । मोरङ उद्योग व्यापार संघले विराटनगर -१ स्थित शान्ति चोक नजिक लगाएको “विराट ट्रेड एक्स्पो”मा चहलपहल बढेको छ । बुधबारबाट सुरु भएको एक्स्पोमा उल्लेख्यरुपमा उपभोक्ताहरु आउन थालेको आयोजकले जनाएको छ । एक्स्पोको मुख्य उद्देश्य राष्ट्रलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्ने, व्यवसायीहरुको हक हितको संरक्षण गरी स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने रहेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । मेलाले प्रदेशका स्वदेशी उत्पादनसहित कृषि, पर्यटन, ऊर्जालगायत अन्य सम्भावित क्षेत्रको प्रवद्र्धन एवं विकासमा समेत जोड दिने राठीले बताए ।

२ सय ३० वटा स्टल रहेको एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरु राखिएको छ । एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा, र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिने भएको छ । एक्स्पोमा विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु, सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी ट्रेनललगायतका सामाग्री छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल