Birat Post आइतबार, पुष १३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१३ पुस – विराटनगरस्थित एस्पायर कलेजमा अब ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स (BHI) कार्यक्रम आगामी शैक्षिक सत्रदेखि अध्यापन हुने भएको छ। कलेजका अध्यक्ष विकास अधिकारी र काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डाक्टर मनिष पोखरेलबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएसँगै उक्त कार्यक्रम सञ्चालनको औपचारिक तयारी पूरा भएको हो।

स्वास्थ्य सेवा र सूचना प्रविधिको संयोजनका रूपमा विकसित हेल्थ इन्फोर्म्याटिक्स कार्यक्रमले स्वास्थ्य डाटा व्यवस्थापन, अस्पताल सूचना प्रणाली, ई–हेल्थ, टेलिमेडिसिन, मेडिकल कोडिङ तथा हेल्थ रिसर्चजस्ता विषय समेट्ने कलेजले जनाएको छ। डिजिटल स्वास्थ्य प्रणालीको बढ्दो प्रयोगसँगै दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको बताइएको छ।

कलेजका अध्यक्ष विकास अधिकारीले हेल्थ इन्फोर्म्याटिक्स वर्तमान र भविष्य दुवैका लागि अत्यन्तै सम्भावनायुक्त विषय भएको उल्लेख गर्दै भने,“स्वास्थ्य क्षेत्र तीव्र रूपमा डिजिटल बन्दै गएको छ। काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङसँगको सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा दिन सकिनेछ। आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई व्यवहारिक र सीपमुखी शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य हो।”

कलेजका अनुसार काठमाडौँ विश्वविद्यालयको पाठ्यक्रम तथा शैक्षिक मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिनेछ। यसले विद्यार्थीलाई स्वदेश तथा विदेशका अस्पताल, स्वास्थ्य संस्था, अनुसन्धान संस्था तथा स्वास्थ्यसँग सम्बन्धित आईटी क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
एस्पायर कलेजमा बि.आई.टी, बि.पि.एच. र बि.टेक.एड.आई.टी कार्यक्रम संचालनमा छन्

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल