Birat Post मंगलबार, पुष १५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१५ पुष / विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बी आई टी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) अध्यापन हुने भएको छ ।

बी आई टीको आगामी शैक्षिक सत्र अर्थात (अगष्ट २०२६) देखि एभरेष्टमा बी आई टी अध्यापन हुने भएको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीले बताए ।

कोशी प्रदेशमा नीजि शिक्षण संस्था तर्फ केयू को सम्बन्धन प्राप्त गर्ने एभरेष्ट पहिलो संस्था बनेको छ । यद्यपी विराटनगरकै एस्पायर कलेजमा भने स्कुल अफ इन्जिनियरिङको विस्तारित कार्यक्रम अनुसार अध्यापन हुँदै आएको थियो ।

हिजो एक कार्यक्रमका बिच काठमाडौं विश्वविद्यालयका डिन प्रा. डा. मनिष पोखरेल र एभरेष्ट कलेजका प्रमुख टिकाराम पुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सँगै एभरेष्टले तत्कालका लागी ३० जना पढाउने कोटा प्राप्त गरेको कलेज प्रशासनले जानकारी दिएको छ ।

विराटनगरबाट नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको एभरेष्टले स्नातक तहमा आउँदो सत्रदेखि अध्यापन सुरु गर्ने जनाएको छ ।

यो सँगै कोशी प्रदेशका विद्यार्थीले केयूको बीआईटीको शिक्षा लिन काठमाडौं नै पुग्नुपर्ने बाध्यता समेत हटेको छ । सूचना प्रविधिको अहिलेको समयमा युवा विद्यार्थीहरूमा आईटी तर्फको आकर्षण समेत बढ्दै गएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच, व्यवसाय शुरु गर्न संघको सहजीकरण
ज्येष्ठनागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक छ : मेयर कोइराला
गुरुङ समुदायले तमु ल्होसार भव्यताका साथ मनाए

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल