
विराटनगर,१५ पुस / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमाज्येष्ठ नागरिकको योगदान र उनीहरूकोअनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको औंल्याएका छन् ।
ज्येष्ठ नागरिक कार्यसमितिविराटनगर–६ को तेस्रो साधारणसभालाईप्रमुखअतिथिको रूपमासम्बोधनगर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग आवश्यक रहेको औैंल्याएकाहुन् ।
‘ज्येष्ठ नागरिक केवलउमेरले अग्रजमात्रहोइनन्, उनीहरू हाम्रो समाजकाजीवितइतिहास, संस्कारका संरक्षक र अनुभवकाविद्यालयहुन्। कठिन संघर्ष र समर्पणले सिँचितजीवनयात्राले हामीलाई कर्म, अनुशासन र धैर्यताको अमूल्य पाठ सिकाएको छ। आजको समाजको आधार नै उनीहरूको मिहिनेत र त्याग हो,’ मेयर कोइरालाले थपे, ‘ज्येष्ठ नागरिकको ज्ञान र सुझबुझ केवलविगतको सम्झनाहोइन, वर्तमानको मार्गदर्शक र भविष्यको बलियो आधार पनिहो। यदिहामीउनीहरूको अनुभवलाई आत्मसात् गर्न सक्यौं भने समाजअझ समावेशी, न्यायपूर्ण र सुदृढ बन्नेछ।’
कार्यक्रममा मेयर कोइरालाले समाजमा बढ्दो एकल परिवार र भौतिकतामूलकप्रवृत्तिले ज्येष्ठ नागरिकलाई एक्लोपन र उपेक्षामापारिरहेको अवस्थापनिऔँल्याए। ‘यो हाम्रो सामाजिककमजोरी हो, जसलाई सुधार्न हामी सबै जिम्मेवार छौं,’ उनले भने,‘विराटनगर महानगरपालिकाज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सहयोगलाई उच्चप्राथमिकतामा राख्दै अगाडि बढिरहेको छ ।’
मेयर कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिकमैत्रीनीति र कार्यक्रमविस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘ज्येष्ठ नागरिकलाई बोझहोइन, प्रेरणाका स्रोतका रूपमा सम्मानगर्ने संस्कार विकासको साँचो आधार हो। घर–परिवार, समाज र राज्य—तीनै तहबाट उनीप्रति संवेदनशीलता बढाउनु जरूरी छ,’ उनले भने ।
सो अवसरमाज्येष्ठ नागरिकको भवनकालागिजग्गाखरिद गर्न आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । समितिकाअध्यक्ष अमरबहादुर श्रेष्ठको अध्यक्षतामाभएको कार्यक्रममाविराटनगर वडा नम्बर ६ काअध्यक्ष हरिश्चन सहनी (अक्षेय), ज्येष्ठ नागरिक महानगर समितिकाअध्यक्ष सुरेशकुमार श्रेष्ठ, समाजसेवी राम ढकाल, बद्री बस्नेत, आयोजक संस्थाकाकोषाध्यक्ष रामदेव पण्डितलगायतले शुभकामनामन्तव्यव्यक्त गरेकाथिए । साधारणसभाले आर्थिक र सांगठानिक प्रतिवेदनसमेत पारित गरेको थियो ।