Birat Post आइतबार, माघ ११, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ११ माघ । राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट तीनै जना निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट नेकपा (एमाले) का सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

महिला कोटातर्फ एमालेकी रोशनी मेचे ७ हजार १७३ मतभार प्राप्त गरी विजयी भइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार नमिता न्यौपानेलाई पराजित गरिन् । न्यौपनेले २ हजार २६८ मतभार प्राप्त गरेकी थिइन् । मेचेको पक्षमा प्रदेश सभाका ६४ र स्थानीय तहका १९९ जनाले मतदान गरेका थिए भने न्यौपानेको पक्षमा प्रदेश सभाका २२ र स्थानीय तहका ५८ जनाले मतदान गरे ।
दलित कोटातर्फ एमालेकै सोम पोर्तेल ७ हजार ४२३ मतभारसहित निर्वाचित भए । उनले नेकपाका उम्मेदवार खेम सुन्दासलाई पराजित गरे । सुन्दासले २ हजार १३७ मतभार प्राप्त गरे । पोर्तेलको पक्षमा प्रदेश सभाका ६८ र स्थानीय तहका २०१ जनप्रतिनिधिले मतदान गरेका थिए ।
कुल ३५९ मतदाता रहेको कोशीमा ३४५ जनाले मात्र मतदान गरे । प्रदेश सभाका ९२ मध्ये ८७ र स्थानीय तहका २६७ मध्ये २५८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । मतदान नगर्ने १४ जनामा ५ प्रदेश सांसद र ९ जना स्थानीय पालिकाका पदाधिकारीहरु रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
ऋषिदेव समुदायको १६ ओैं माटो दिवस संगै मोरङको बुढीगंगामा दिनाभद्री महोत्सव सुरु
कोशीबाट राष्ट्रिय सभामा कांग्रेस र एमालेका तीन जना निर्वाचित
सुदूरपश्चिममा कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लिलाकुमारी भण्डारी विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल