रोशिका अधिकारी शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २९ विराटनगर ,
विराटनगरवासीले शुद्ध खानेपानी खान पाउने भएका छन् । विराटनगर महानगरपालिका र जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइका संगको सहकार्यले सार्थकता पाए केही वर्ष भित्रै एक घर ,एक धाराको सपना पुरा हुने छ । यो विराटनगरवासीका लागि खुसिको खवर पनि हो ।
विराटनगर महानगरका मेयर भीम पराजुलीको सक्रियतामा यो काम हुन लागेको हो । एक वर्ष अगाडी जाइकाका प्रतिनिधि संग मेयर पराजुलीले विराटनगरको खानेपानी अवस्थावारे अवगत गराएका थिए । यसै विषयलाई लिएर विराटनगर महानगरपालिका र जाइकाको प्रतिनिधि र कन्सल्टेन्ड संग दर्जनौ पटक छलफल र स्थलगत अनुगमन समेत भइसकेको छ । विराटनगरमा खानेपानिका लागि काम गर्न जाइका तयार भए संगै डिपिआरको काम समेत हुन थालेको छ । विराटनगर महानगर र जाइकाको कन्सल्टेन्ड याचियो इन्जिनियरिङ कर्पुरेसन लिमिटेड वीच डिपिआरका लागि सहमति भइसकेको छ । कन्सल्टेन्डका प्रमुख कात्सुमी फुजीको नेतृत्वमा आएको ४ सदस्य टोलिले विराटनगरमा आफ्नो काम शुरु गरेको छ ।
एक घर ,एक धाराको अवधारणा सहित स्वच्छ खानेपानि नगरवासीलाई ख्वाउने आफ्नो सपना रहेको भन्दै मेयर पराजुलीले पूर्ण विश्वासका साथ यो कार्यमा जुटेको बताए । विराटनगरमा ६० वर्ष भन्दा अगाडीका खानेपानिका पायपहरु जिर्ण अबस्थामा छन् । पायप ब्रष्ट हुदा कतिपय ठाउँमा फोहर पानि पिउन नगरवासीहरु बाद्य छन् । केहि बर्ष अगाडी पानिकै कारण फैलिएको जन्डिसका कारण विराटनगरका १३ जनाले ज्यान गुमाउनु परेको थियो । खानेपानिका लागि महानगरले जाइका संग गरेको यो योजना सफल भए विराटनगरवासीका लागि यो भन्दा खुसिको खवर अरु हुने छैन ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल