Birat Post शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० कार्तिक ,
राजनैतिक अधिकार ,मतदाता तथा निर्वाचन सम्बन्धि ज्ञानको अभावका कारण बहिरा ब्याक्तिहरु प्रदत्त अधिकारवाट बन्चित भएको भन्दै तालिम प्रदान गरिएको छ । राष्ट्रिय बहिरा महासंघको आयोजनामा प्रदेश नं. १ का ३० जना बहिरा ब्याक्तिहरुलाई तालिम प्रदान गरिएको हो । तीनदिन सम्म चलेको तालिम शुक्रवार विराटनगरमा सम्पन्न भएको हो । तालिममा गोप्य मतदान,शुरक्षा ब्यवस्था,मतदान अधिकार,राजनैतिक दल तथा प्रतिनिधि कसरी चिन्ने,लाइनमा कसरी बस्ने ,नङमा लगाउने मसी ,महिला ,बृद्ध,अपाङ,गर्भवती महिला र दोभाषेको ब्यवस्थापन विषयमा प्रत्यक्षरुपमा प्रयोगात्मक कार्यक्रम सम्पन्न गरिएको थियो । तालिमको प्रशिक्षण बहिरा प्रशिक्षक सिताराम ओझा र सुनिता तिवारीले गरेका थिए । यस्तै दोभाषेको कार्य सन्तोषी तिवारी ,दिनेश श्रेष्ठ,कञ्चन बास्कोटाले गरेका थिए ।
यो तालिम संगै बहिराहरुमा राजनैतिक चेतनाको जागरुकता बढ्ने बहिरा महासंघका कार्यक्रम निर्देशक सुमन अधिकारीले बताए । निर्वाचन सम्वन्धि तालिम ७ वटै प्रदेशमा लाने प्रयास भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल