Birat Post शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० कार्तिक ,
केहिदिनयता विराटनगर महानगर र मानव सेवाआश्रमको संयुक्त प्रयासमा नगरक्षेत्रका सडकवाट उद्दार गरिएकाहरुलाई मिठो खानाको प्रबन्ध संगै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गएिको छ । शनिवार मेयर भीम पराजुली , नायिका तथा हास्य कलाकार दीपाश्री निरौला र राष्ट्रिय गायक सुमित खड्काले कार्यक्रमको प्रबन्ध गरेका थिए । सडक जीवनवाट घरयासी जीवनमा रम्दै गरेका उनीहरुलाई विराटनगर स्थित वडा नं १० तिनटोलियामा रहेको मानव सेवा आश्रममा राखिएको छ । आश्रममा विराटनगरबाट उद्धार गरिएका ६ जना सहित १४ जनालाई मिठोखाना सहित विभिन्न गीत तथा हास्य कार्यक्रम गरी मनोरञ्जन गराइएको थियो । बौद्धिक अपाङता भएका उनीहरु खुसी भएर संग संगै नाचेका थिए । केही दिन अगाडी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सक्रियतामा सडक तथा खुल्ला चौरमा बस्दै आएकाहरुको उद्धार गरी मानवसेवा आश्रममा राखिएको छ । नगरक्षेत्रलाई बेसहारा मुक्त बनाउने अभियान अन्र्तगत उद्धार कार्यलाई

निरन्तरता दिइने उद्घोष मेयर पराजुलीको छ । आश्रित ब्यक्तीहरुकालागि महानगरले आवश्यक बजेटको समेत ब्यवस्था गरेको छ । कार्यक्रममा वडा नं.१० का वडाध्यक्ष माधवराज वाग्ले,मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसी लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल