Birat Post शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित

featured photo: Birat Post

रोशिका अधिकारी
विराटनगर ४ पुस,
जि.पि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको भुमिका विषयक बक्तृत्वकला कार्यक्रममा विराटनगर महानगरका ९ बिद्यालयले सहभागिता जनाएका थिए । शुक्रवार विराटनगरमा भएको कार्यक्रममा आदर्श माविका कसिस महतो प्रथम र नैना खातुन द्धितीय साथै गायत्री संस्कृत माविका अशोक प्रजा तृतीय भएका छन् । सहभागि विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । यस्तै अन्य सहभागी सवै विद्यार्थीलाई समेत प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । गिरिजाप्रसाद कोइरालाको स्मृर्तिमा छोरी सुजाता कोइरालाले स्थापना गरेको यस संस्थाले देश तथा बिदेशमा समेत विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष शिबराज कोइरालाले जिपि कोइराला फाउण्डेसनले ल्याएको शैक्षिक जागरण अभियान प्रभावकारी भएको बताए । इतिहासको उजागर र अघिल्ला पुस्ताहरुले समाजमा दिएको योगदान स्मरण गर्ने कार्यक्रम फलदायी हुने बताए ।
जिपि कोइराला फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा आदर्श माविका प्राध्यानाध्यापक तुलसी प्रसाद दुलाल,बक्तृत्वकला कार्यक्रमका निर्णायक चुडामणी नेपाल,गोग्राह माविका प्राध्यानाध्यापक टंकप्रसाद सिटौला , राधाकृष्ण भुपालमान सिंह माविका डम्बर बहादुर कार्की , जिपि फाउण्डेसन मोरङका उपाध्यक्ष बेदुकुमार खतिवडा, सचिव दुर्गा गुरागाई सह सचिव सन्तोष पोखरेल,लगायतले आ आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो । यस्तै कार्यक्रममा फाउण्डेसन कोषाध्यक्ष पुनम सिंह,सदस्यद्धय शर्मिला अधिकारी ,गिरिजाप्रसाद कोइराला,बक्तृत्वकला निर्णायक समितिकी सदस्य सीता भट्टराइ लगायतको सहभागिता रहेको थियो । उक्त बक्तृत्वकला कार्यक्रममा विराटनगरका आदर्श मावि,पोखरिया मावि,गोग्राह मावि,जनपथ मावि,मिल्स मावि,गायत्री संस्कृत मावि,आदर्श बालिका मावि,राधाकृष्ण मावि,सरस्वती मावि र मिल्स माविका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
तीजको पहिलो दिन आज दर खाइँदै
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगरौँः गृहमन्त्री
सुनसरीमा घर वापसी कार्यक्रम,१५ सय हिन्दूलाई पुनः स्वधर्ममा गरियो स्वागत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल