Birat Post मंगलबार, पुष २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

 

विराटनगर, २९ पुस / प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सिप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिएका छन् । प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको उद्घाटन शत्रमा मंगलबार विराटनगरमा बोल्दै अध्यक्ष पुरीले यस्तो बताएका हुन् । उनले शिप र व्यवहारिक ज्ञान सहितको शिक्षा दिनुपर्ने बताए ।

गुणस्तरमा सुधार गरि निजी विद्यालय सामुदायिक भन्दा अलक ढंगले अगाडी बढनुपर्ने उनले बताए । उनले विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गरि व्यवस्थित तरिकाले संचालन गरिनुपर्ने बताए । ‘पढन र लेखेर मात्र हुदैन,’ उनले भने, ‘शिप र व्यवहारिक ज्ञान सहितको शिक्षा दिनुपर्दछ ।’ कार्यक्रममा बोल्दै उनले शिक्षालाई शिवसँग जोडेर लैजाने विषयमा अगाडी बढीसकेको जानकारी दिए । दक्ष शिक्षक राखेर उनीहरूको क्षमता अभिवृद्धी गरि समय सापेक्षा शिक्षा प्रदान गरिनुपर्ने अध्यक्ष पुरीले बताए । ‘२-४ महिना काम गर्ने शिक्षक राखिने दिन अब गए,’ उनले भने, ‘व्यवहारिक शिक्षा दिन प्रोफेसल शिक्षक राखिनु पर्दछ ।’ काठमाण्डौमा चाँडै राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विधुवानहरुलाई ल्याएर शिक्षालाई शिपसँग जोडेर अगाडी बढने विषयमा राष्ट्रिय स्तरको सेमिनरको तयारी गरेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज वशिष्ठ., प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दिर्घध्वज चापागाई, राष्ट्रिय परिक्षा बोर्ड प्रदेश १ का प्रमुख डम्बरबहादुर बतासलगायतले बोलेका थिए ।

सोही अवसरमा प्याब्सन मोरङको भवन निर्माणमा सहयोग पु¥याउने दुई दर्जन पब्लिकेशनहरुलाई सम्मान गरिएको छ । यस्तै विष्णु डंगोल, भवती प्रसाद घिमिरे, गाविेन्द काकीलाई पनि सम्मान गरिएको थियो । पत्रकार सुशिला पाठक पनि सम्मानित भइन् ।

प्याब्सन मोरङको  दुइ तले भवन उद्घाटन

विराटनगर महानगरपालिका ३ स्थित प्याब्सन मोरङको आफनै भवन निर्माण भएको छ । कुल १ करोड १४ लाख ८३ हजार ५ सय ८३ रुँपैयाको लागतमा नवनिर्मित दुइ तले भवनको उदघाटन मंगलबार गरिएको हो । प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको अवसर पारेर भवन सो उदघाटन गरिएको हो । उक्त भवनको उद्घान प्याब्सनका केन्द्रिय अध्यक्ष टीकाराम पुरीले गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल