निर्धक्क भएर हाात्तीपाइलेको औषधि सेवन गर्न स्वास्थ्यकर्मीको आग्रह

विराटनगर महानगरमा २ लाख ४७ हाजार ४ सयलाई औषधि ख्वाउने लक्ष्य

Birat Post बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित

featured photo: Birat Post

रोशिका अधिकारी
माघ २ विहिवार/
राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम अन्तर्रगत विराटनगर महानगरपालिकामा यहि माघ २५ र २६ गते हातीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम संचालन हुने भएको छ । महानगरपालिका क्षेत्रम हाात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई अझ प्रभाकारी बनाउन यसपटको अभियान नयाढंगवाट संचालन गरिने भएको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले विराटनगरमा बिहिवार गरेको छलफल कार्यक्रममा यसपटकको सो अभियान अन्तर्रगत महागनरपालिकाका २ लाख ४७ हाजार ४ सयलाई औषधि ख्वाउने लक्ष्य रहेको महाशाखा प्रमुख रमेश कार्की क्षेत्रीले जानकारी दिए ।
विगतमा हातीपाईले विरुद्धको औषधि ख्वाउने अभियान प्रभावकारी नहुदा ६ औ चरणमा सक्नुपर्ने यो अभियान ९ औ पटक संचालन हुन लागेको हो । हात्तीपाईले रोग विरुद्धको औषधिले कुनै साईड इफेक्ट नपार्ने र यो औषधि सेवनमा वाट अहिले सम्म कसैको मृत्यु नभएकाले निर्धक भएर औषधि सेवनगर्न समेत महाशाखा प्रमुख कार्कीले महानगरवासीलाई आग्रह गरे ।

विराटनगर महानगरपालिका क्षेत्रमा कार्यक्रमलाई प्रभावकारी वनाउन महागरपालिका क्षेत्रमा २ सय ५० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना स्वयं सेविका परिचालन गरिने छ । महानगरपालिकाको १९ वटै वडामा केन्द्र स्थापना गरेर हात्तीपाइले रोग विरुद्ध औषधि ख्वाइने र छुटेकाहरुलाई भोलीपल्ट घरमै गएर औषधि ख्वाउने कार्यक्रम तय भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले हातीपाइले रोग विरुद्धको औषधि सेवनमा डर र कुनै शंका नर्गन आग्रह गरे ।

उहाले यो अभियानलाई सफल वनाउन राजनितिकदलका नेता,स्थानिय निकाय प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरुले औषधि खाएर कार्यक्रमको शुभारम्भ गरिने वताए । सन् २०२० सम्म हात्तीपाइले रोग नियन्त्रणगर्ने सरकारको लक्ष्य रहेको छ । अहिलेपनि सहरी क्षेत्रमा औषधि सेवन अभियान प्रभावकारी नहुदा समस्या हुने गरेको छ । कार्यक्रममा उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल