विराटनगर महानगरद्धारा सडकको सुन्दरतामा जोड

सडकछेउका पोलहरुमा फूलसहितका गमला र फोहोर संकलन गर्ने डस्टबिन

रोशिका अधिकारी आइतबार, माघ ०५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ माघ /
विराटनगर महानगरपालिकामा सडकको सुन्दरता अभियान आरम्भ भएको छ । महानगरपालिका र रोटरी क्बल अफ विराटनगर डाउन टाउनको सहकार्यमा आइतबारबाट नयाँ निर्माण भएका सडकछेउका पोलहरुमा फूलसहितका गमला र फोहोर संकलन गर्ने डस्टबिन राख्न थालिएको हो ।
यस कार्यका लागि विराटनगर महानगरका मेयर भीम पराजुलीले निजिक्षेत्रको सहकार्यमा शहरको विकास अगाडी बढाउने उद्घोष गरेका थिए । रोटरी डाउनटाउनकी अध्यक्ष अर्चना तापडियाले विराटनगरलाई सुुन्दर बनाउने अभियानअन्तर्गत महानगरसँग सहकार्य गरि काम थालेको बताइन । उनले तीनपैनी चौकदेखि ट्राफिक चौकसम्म ९० पोलमा गमला र डस्टबिन राख्ने बताइन ।
महानगर प्रमुख भीम पराजुलीले विराटनगरमा सडक पुनर्निर्माणको काम लगभग पूरा भएको र अवको काम सरसफाइ र सौन्दर्यीकरण भएको बताए । सडक सफाइ र फोहोर व्यवस्थापनका लागि स्थानीयसंग सहकार्य र पहल गर्ने कार्यलाई निरन्तरता दिने बताए ।
रोटरीका गभर्नर किरणराज श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यमा रोटरीले सामाजिक कामलाई तीव्र बनाइएको बताए । यस्तै कार्यक्रमबारे जानकारी दिनेक्रममा संयोजक रचना राठीले रोटरीले समाजमा नागरिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गर्दे जाने बताइन । कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी ,रोटरियन भैरव रिजाल,समाजसेवी बेनीगोपाल मुन्दडा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल