Birat Post मंगलबार, माघ ०७, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

बिराटनगर ७/ देशका विभिन्न ठाउँमा निर्माण व्यवसायीहरुको विभिन्न उपकरण जलाइएकोमा नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाउँदै घटनाको भत्सर्ना सहित दुख ब्यक्त गरेको छ । अज्ञात समुहले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकामा तीन वटा एस्क्साभेटरमा आगजनी गर्दा करोडौको क्षति भएको महासंघले जनाएको छ । निर्माण ब्यवसायी मोरङले समेत घटना दुखद भएको बताएको छ ।निर्माण ब्यवसायी संघ मोरङका कोषाध्यक्ष दाताराम पौडेलले विराटपोष्ट डट.कम संग कुरा गर्दै यसखाले कार्यले देशकै विकासमा अबरुद्ध हुने बताए । उनले ब्यवसायीको शुरक्षामा सरकार कमजोर बनेको बताए ।

रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा अज्ञात समुहले आगजनी गरेको थियो । आगलागीका कारण बा ३ क ३४४ नम्बरको पूर्ण नष्ट भएको छ भने बा २ क ९४४५ नम्बरको ब्याकहोइ लोडरमा पनि आंशिक क्षति पुगेको छ महासंघको विज्ञप्तिमा उल्लेख छ । घटनाको आवश्यक छानविन र दोषी पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न साथै निर्माण कम्पनीलाई भएको नोक्सानीको नेपाल सरकारबाट उचित क्षतिपूतिको व्यवस्था मिलाइदिन महासंघले अनुरोध गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल