कौशल निरौला शनिबार, माघ ११, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ माघ /
नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाली भूूूमि अतिक्रमणका विषयमा बहस आबश्यक भएको बताएकी छन् । सरकार र प्रतिपक्षिदलहरु समेत सिमा बिवादका विषयमा नवोलेको आरोप लगाउदै उनले सरकार र दलहरुको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन । प्रेस युनियन मोरङले शनिवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भूमि अतिक्रमणका विषयमा बहस आबश्यक भएको र त्यसका लागि दुइ देशवीच संम्वादको आबश्यकता रहेको औल्याइन ।
नेपाली भूमिकालापानी,लिपुलेक र लिप्पियाधुरा भारतले प्रयोग गर्ने भए त्यसको सट्टा ,पट्टामा भारतले मेची देखि बंगलादेश जोडिने समुद्र सम्मको भाग दिन ,लिन सकिने तर्क गरिन । यसवाट ब्यापार सहित आन्तरिक समृद्धी आउने बताइन । सिमा अतिक्रमणका विषयमा कोही पनि नबोल्ने तर आफुले देशकै हितमा बोल्दा विवादास्पद टिप्पणी भएकोमा आश्चर्य ब्यक्त गरिन ।
यस्तै एमसीसीका विषयमा पनि सरकार र दलहरुले जनताको भावना जितेर पास गर्नु पर्ने बताइन । बिवादास्पद विषय र बुदाहरुलाई परिमार्जन गरेर एमसीसी पास गर्न पर्ने बताइन । त्यसै गरी कांग्रेस भित्रको आन्तरिक कलह समाप्त नभए पार्टीको अस्थित्व खतरामा पर्ने भएकाले कार्यकर्ताहरुले खवरदारी गर्न आबश्यक भइसकेको बताइन् । उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरिन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल