रोशिका अधिकारी बुधबार, माघ १५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १५ माघ / विराटनगरवासीले शुद्ध खानेपानी खान पाउने भएका छन् । यसका लागि विभिन्न चरणका अध्ययन र अनुसन्धान गर्ने काम भएका छन् । विराटनगर महानगरपालिकाले जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइका र नेपाल खानेपानि संस्थान संग सहकार्य गरेको छ । यो कार्यले सार्थकता पाए केही वर्ष भित्रै एक घर ,एक धाराको सपना पुरा हुने अपेक्षा गरिएको छ ।
विराटनगर महानगरका मेयर भीम पराजुलीको सक्रियतामा यो काम हुन लागेको हो । एक वर्ष अगाडी जाइकाका प्रतिनिधि संग मेयर पराजुलीले विराटनगरको खानेपानी अवस्थावारे अवगत गराएका थिए । यसै विषयलाई लिएर विराटनगर महानगरपालिका र जाइकाको प्रतिनिधि र कन्सल्टेन्ड संग दर्जनौ पटक छलफल र स्थलगत अनुगमन समेत भइसकेको छ । विराटनगरमा खानेपानिका लागि काम गर्न जाइका तयार भए संगै डिपिआरको काम समेत हुन थालेको छ । जस अन्तरगत प्रथम चरणको डिपिआर र प्रगतिप्रतिवेदन बुधवार प्रस्तुत गरिएको छ ।
विराटनगर महानगर र जाइकाको कन्सल्टेन्ड याचियो इन्जिनियरिङ कर्पुरेसन लिमिटेडले काम गरिरहेको छ । जाइका हेडक्वाटरका प्रतिनिधि योसिआकी योकोता र हिरोसी कुवोता साथै कन्सल्टेन्डका प्रमुख कात्सुमी फुजीको नेतृत्वमा आएको ४ सदस्य टोलिले विराटनगरमा आफ्नो काम शुरु गरेको छ ।
एक घर ,एक धाराको अवधारणा सहित स्वच्छ खानेपानि नगरवासीलाई ख्वाउने आफ्नो सपना रहेको भन्दै मेयर पराजुलीले पूर्ण विश्वासका साथ यो कार्यमा जुटेको बताए । विराटनगरमा ६० वर्ष भन्दा अगाडीका खानेपानिका पायपहरु जिर्ण अबस्थामा छन् । पायप ब्रष्ट हुदा कतिपय ठाउँमा फोहर पानि पिउन नगरवासीहरु बाद्य छन् । केहि बर्ष अगाडी पानिकै कारण फैलिएको जन्डिसका कारण विराटनगरका १३ जनाले ज्यान गुमाउनु परेको थियो । खानेपानिका लागि महानगरले जाइका संग गरेको यो योजना सफल भए विराटनगरवासीका लागि यो भन्दा खुसिको खवर अरु नहुने महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले बताए । उनले यो योजना सफल पार्नका लागि द्रुतगतिमा काम थाल्न सम्वन्धित पक्षलाई आग्रह गरेको बताए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल