कौशल निरौला शनिबार, फाल्गुण १०, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० फागुन /
विराटनगरमा फागुन दुईगते देखि सुरु भएको कृर्षि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी –विराट एक्स्पोको समापन भएको छ । मेलामा एक अर्ब भन्दा बढीको कारोबार भएको जनाइएको छ । यस्तै तीनलाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् ।

उद्योग संगठन मोरङले आयोजना गरेको मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीनसय ४० वटा स्टल रहेका थिए । जसमा ४० वटा स्टल अन्तराष्ट्रिय, ६० वटा कृषि, घरेलु तथा हस्तकलाका, एकसय ६० वटा औद्योगिक उत्पादन, ३८ वटा अटोमोवाइल्स, १२ वटा खाद्यान्न, २० वटा बैक तथा वित्तिय संस्थाका, १० वटा खानाका स्टल रहेका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल,विराटनगर महानगरका मेयर भीम पराजुली,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे ,मेला आयोजक समितिका संयोजक भोलेश्वर दुलाल लगायतको सहभागिता रहेको थियो ।

यस्तै ,
सरकारी अस्पताल भित्र काम गर्ने चिकित्सकहरुले निश्चित दुरी भित्र क्लिनीक खोल्न नपाउने गरी कानुन निर्माण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । समापनको अवसरमा मन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालको सेवालाई गुणस्तरीय , भरपर्दो बनाउनुका साथै समय अवधिभर चिकित्सकहरु अस्पतालमै रहने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल