Birat Post मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ फागुन /
प्रदेश नं.१ सरकारलाई आबश्यक पर्ने संरचना निर्माणका लागि विराटनगर महानगरले सहयोग गर्ने भएको छ । प्रदेश सरकारका ब्यवस्थापिका ,कार्यपालिका,न्यायपालिका,र संबैधानिक निकायका संरचना निर्माणका लागि आबश्यक जग्गा उपलब्ध गराउने विषयमा महानगर तयार भएको हो ।

विराटनगर महानगरका मेयर भीम पराजुली सहितकाे  टाेलिले  मंगलबार प्रदेश नं.१ का सभामुख प्रदिप भण्डारीलाई ज्ञापनपत्र बुझाउदै यस्तो प्रतिबद्धता जनाएका हुन् । मेयर पराजुलीले प्रदेश राजधानीको स्थानीय सरकारका तर्फबाट निर्वाह गर्नुपर्ने भुमिकामा कुनै कमी हुन नदिने बताए । उनले प्रदेश सरकारका प्रशासकीय केन्द्र एकै स्थानमा एकीकृतरुपमा निर्माण गर्न विराटनगर महानगरमा रहेका दर्जन बढी स्थानमा रहेका आबश्यक जग्गाहरु महानगर,प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आबश्यक कानुनी प्रक्रिया पुरा गरी उपलब्ध गराउन तयार रहेको जानकारी दिए । विराटनगर महानगरका १९ वटै वडामा प्रयाप्त जग्गा रहेको र ती स्थानमा आबश्यक संरचना बनाउन सक्ने ठम्याइ सहित महानगरले सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै भण्डारीले प्रदेश सरकारका विभिन्न मातहतका निकायलाई आबश्यक संरचना आबश्यक रहेको र त्यसका लागि महानगरले देखाएको प्रतिबद्धता प्रति आभार ब्यक्त गरे । कार्यक्रममा उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेब अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल