Birat Post बुधबार, फाल्गुण २१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २१ फागुन /
शैक्षिक बेरोजगार युवा जनशक्तिलाई विराटनगर महानगरपालिका वडा नं.१ ले निशुल्क लोकसेवा आयोगको तयारी कक्षा शुरु गरेको छ । निजामती सेवा अप्राबिधिक तर्फका नायब सुब्वा ,खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग हुने उदेश्यका साथ निशुल्क कक्षा दिइने भएको छ ।
बुधवार विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले आयोग तयारीको कक्षाको शुभारम्भ गर्दै सफलताको कामना गरे । स्थानिय तहमा गरिने यस खाले कार्यक्रमले शिक्षित र बेरोजगार जनशक्ति लाभान्वित हुने बताए । यस्तै वडाध्यक्ष उद्धव अर्यालले वडाको शिक्षित युवाहरुको अवस्थालाई मुल्याङन गरी आयोगको तयारी कक्षा थालिएको बताए । वडाका ५० जना युवा युवतीहरुको सहभागिता रहेको र कार्यक्रम फलदायी हुने अपेक्षा गरे । फागुन २१ बाट शुरु भएको तयारी कक्षा २ महिना चल्ने बताएको छ । कार्यक्रममा नेपाल शिक्षक संघ मोरङका अध्यक्ष शिवराज कोइराला,महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया लगायतको सहभागिता रहेको थियो । फागुन २१ बाट शुरु भएको तयारी कक्षा २ महिना चल्ने बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल