Birat Post शुक्रबार, फाल्गुण २३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ फागुन /
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तरगत  विराटनगर वडा नं. ६ स्थित आधारभूत विद्यालयलाई २० थान डेक्स, वेन्च हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी -व्यवसायीका अग्रणी संस्था उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले संस्थागत सामाजिक उत्तरदायित्व वोध गरी शिक्षित समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ विद्यालयलाई सहयोग गरेको बताए । यस्तै मोरङ व्यापार संघका अध्यक्ष  प्रकाश मुन्दडाले संगठन र संघको संयूक्त सहयोगमा उपलब्ध गराएको डेस्क वेञ्चले विद्यालयमा अध्ययनरत वालवालिकालाई पठन पाठनमा सहज हुने धारण राखेका थिए । वालवालिकालाई शिक्षाको माध्यमबाट उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने अन्य कार्यहरु समेत गर्दै जाने बताए । कार्यक्रममा ¬नेकपाका केन्द्रिय सदस्य गुरु वराल ,विद्यालयका प्रधानाध्यापक जयन्ती दास लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल