पूर्वाञ्चल बिश्वबिद्यालयको कार्यालय सार्न दिदैनौ

समुन्नत महानगर र विराटनगरको पक्षमा अन्तिम लडाइ लड्दै छौ

Birat Post सोमबार, फाल्गुण २६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

नेपाली कांग्रेस विराटनगर महानगरका ,कार्यबाहक नगर सभापति अरुण न्यौपाने युवाहरुमाझ लोकप्रिय र इमान्दार युवा नेताकोरुपमा स्थापित नाम हो । वि.स २०४६ सालको जनअन्दोलनमा सरिक भए संगै आफु राजनीतिमा होमिएको न्यौपाने बताउनुहुन्छ । नेपाली कांग्रेसको क्रियाशिल सदस्य लिइ वडास्तरको राजनीतिमा सक्रिय उहाँ वि.स. २०६७ मा भएको काग्रेसको १२ औ महाधिवेशन बाट नगर सदस्य पदमा निर्वाचित र वि.स. २०७२ मा भएको १३ महाधिवेसनवाट नगरको उपसभापति पदमा मनोनित हुनुभएको थियो । युवा माझ लोकप्रिय र नगरक्षेत्रमा सामाजिक व्यक्तित्वको छवी बनाउनु भएका नेपाली कांग्रेस विराटनगर महानगरका कार्यबाहक सभापति अरुण न्यौपाने संग गरिएको कुराकानी :

दुइतिहाइको सरकारलाई कसरी हेरिरहनु भएको छ ?
नेकपाको सरकार आफै झुटमा खडा भएको सरकार हो । राष्ट्रियता र समृद्धिको झुटो आश्वासन देखाएर सत्ताको सिडि चढ्न तत्काल सफल भए पनि सरकार बनेको समय यता हेर्दा २ बर्षको अबधिमा यो सरकारले जनतालाई केबल भ्रष्टाचार ,बलत्कार र तस्करी र मफियासंगको मेलेमतो गरी कमाउ धन्दा बाहेकका केही काम गरेको देखिदैन । जो घाम जतिकै छर्लङ छ । यसको मूल्याङन सम्पूर्ण नेपाली जनताले गरिरहेका छन् । जुन आगामी निर्वाचनमा देखिने छ ।

प्रतिपंक्षि भूमिकामा कांग्रेस कमजोर देखिएको छैन ? यसका लागि कांग्रेस नगरले के काम गरिरहेको छ ?
कांग्रेस एउटा देश ,जनताप्रति उत्तरदायी र जवाफ देहिता दिएको पार्टी हो । प्रतिपक्ष भन्ने बित्तिकै रेलिङ तोड्ने ,चक्काजाम गर्ने ,बन्द हड्ताल गर्ने भन्ने आम मानसिकता छ त्यो अनुरुप हामीले काम नगरेकै हो । हामी जनता प्रति जिम्मेबार छौ । जनतालाई दुःख दिने काम हामी गर्दैनौ । सरकारले गरेका गलत क्रियाकलापको बिधिपूर्वक सडक र सदन दुवै ठाउँवाट विरोध गरिरहेका छौ । कांग्रेसवाट संसदमा सहभागी हाम्रा नेताहरुलाई हामीले त्यहि अनुसार लडाइ लड्न बेला बेलामा अपिल समेत गरेका छौ ।

जनतामा कसरी पुगिरहनु भएको छ ?
जनताको सुख दुःखको सहयात्री बन्ने प्रयास हामिले गरेका छौ । मेरो जिम्मेवारी नगर भित्रको भएको हुदा यहाँ भित्र हुनुभएका नेपाली कांग्रेसका कार्यकर्ता र जनताको सुख दुःखमा प्रतक्ष्य सहभागिता जनाइरहेका छौ । साथै सरकारले गरेका हरेक गलत क्रियाकलापको पनि जानकारी आम जनतामा गराइरहेका छौ ।

महानगरको बिकास क्रमलाई कसरी हेरिरहनु भएको छ ?
निश्चय पनि विराटनगर महानगर बन्ने क्रमममा छ । समय अनुसार समाज रुपान्तरण भइरहेको छ । विराटनगरले पनि काचुली फेर्दै छ । यहाँ भइरहेको बिकासको गति राम्रो छ । भएका राम्रा कामको हामी सवैले खुलेर प्रशंसा गर्नु पर्दछ । विराटनगरमा भइरहेको विकास क्रम संग म सन्तुष्ट छु । अझै यहाँको बिकासका लागि दलगत स्वाथ्र्य भन्दा माथी उठेर हामीले काम गर्नु पर्दछ । विकास कुनै पार्टी वा व्यक्तिका लागि हैन समाज रुपान्तरणका लागि हो भन्ने बुझ्न सकियो भने काफी हुन्छ ।

महानगरको महत्वपूण अंङ्ग पूर्वाञ्चल बिश्वविद्यालयको कार्यालय गोठगाउँ सरेको छ ? के गर्दै हुनुहुन्छ ?
यो एउटा महत्वपूर्ण प्रश्न हो । मैलै भन्ने पर्ने हुन्छ । महानगर हुन आबश्यक पूर्वाधार मध्ये एउटा महत्वपूण कुरा विश्वबिद्यालय पनि हो । महानगर भन्ने र भएको बिश्वविद्यालयको कार्यालय पनि अन्यत्र सार्ने हो भने महानगरको के अर्थ हुन्छ ? कार्यालय सार्ने यसखाले कार्यको हामीले विरोध गर्ने काम गरेका छौ । पहिलो चरणमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छौ भने सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएका छौ । नगरवासीलाई समेत अपिल गरेका छौ ।

विरोधको स्वर नपुगे जस्तो छ ,के यो निर्णयलाई रोक्न सक्नुहुन्छ ?
लोकतन्त्रमा एक जनाले गरेको विरोधको पनि महत्व हुन्छ । यस विषयमा हामी नेपाली कांग्रेस विराटनगर नगर समिति ,विराटनगरका नागरिक अगुवा,समाजवादी पार्टी लगायतको सहभागितामा बिरोध जनाएका छौ । समय आए पछि बिरोधको स्वर पुग्छ । हामीले उठाएका जायज मागहरु समयमै पुरा नगरे हामी आन्दोलनमा उत्रन्छौ । यो निर्णयलाई जसरी पनि उल्टाउने हिम्मतका साथ काम गरिरहेका छौ । हाम्रो आन्दोलनलाई कमजोर नठान्न पनि म आग्रह गर्दछु ।

बिश्वविद्यालयको कार्यालय यथावत राख्ने खालको आन्दोलन कहिलेबाट गर्नु हुन्छ ? आन्दोलनको स्वरुप कस्तो हुन्छ ?
यस विषयमा हामी निरन्तर छलफल गरिरहेका छौ । पहिलो चरणमा हामीले सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएका छौ भने दोस्रो चरणको आन्दोलन अन्तरगत हामी यस महानगर भित्रका शिक्षक संघ,निर्वाचित जनप्रतिनिधि,प्राध्यापक संघ ,बुद्धिजिवि लगायतका पेशागत संघ,सम्थाहरुलाई बोलाएर छलफल चलाउदै छौ । त्यसको मार्ग निर्देशन अनुरुप आन्दोलन तय हुन्छ । यसमा हामीलाई सबैको समर्थन रहनेमा हामी आशावादी छौ । समुन्नत महानगर र विराटनगरको पक्षमा अन्तिम लडाइ लड्ने उद्घोष हामीले गरेका छौ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल