Birat Post शुक्रबार, फाल्गुण ३०, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० फागुन /
विराटनगर महानगरपालिकाको पाँचौ नगरसभा सर्वसम्मतरुपमा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न सभामा आर्थीक वर्ष २०७६/०७७ को बजेट कार्यान्वयनको प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो ।नंगरसभाका क्रममा मेयर भीम पराजुलीले आफ्नो एक मात्र उद्देश्य विराटनगर महानगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी आफ्नै कार्यकालमा यसको गुणात्मक विकास गर्ने रहेको बताए ।

पराजुलीले महानगरपालिकाको आर्थिक स्रोत साधनको अधिकतम प्रयोग र परिचालन गरी काम कारवाही अगाडि बढाइ रहेको बताउँदै संघीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा ठूला पूर्वाधार विकासका आयोजनाहरु अगाडि बढाइरहेको बताए । विराटनगरमा ८सय ७५ विभिन्न योजना मध्ये हालसम्म ४ सय ४७ योजना संझौता भएको र ७४ वटा योजना सम्पन्न भएको भन्दै मेयर पराजुलीले विराटनगरमा विकासको गति अगाडी बढेको बताए ।

सडकहरु कालोपत्रे गर्ने काम द्रुतगतिमा भइरहेको , महानगरका वडा नं २,३,४,६,१०,११,१२,१५ र १७ वडा कार्यालयका भवनहरु नयाँ निर्माण, मर्मत तथा स्तरउन्नती गरिएको ,विराटनगरका ३ वटा स्थानमा ओभरहेड पुल निर्माणको कार्य डिजाइन भइ कार्यारम्भ हुन लागेको ,अत्याधुनिक सुविधा र नयाँ थप सर्भिस ब्लकहरु सहित बीरेन्द्रसभागृह पुन : निर्माणको कार्य भइ यही बर्षमै शुरु गरिन लागेको ,प्रदेश सरकार र महानगरको साझेदारीमा विराटनगर रानीमा स्वागतद्धार ठेक्का संझौता हुनेक्रममा रहेको ,बैझनाथपुर रंगशालाको थप स्तरउन्नती गरिने क्रममा रहेको ,विराटनगरका ऐतिहासिक मठ ,मन्दिर र धार्मिक क्षेत्रको विकासका काम गरेको,तारिणीप्रसाद कोइराला सञ्चारग्राम ,आरोहण गुरुकुल नाट्यघर निर्माण,आधुनिक पशु बधशाला निमाणको लागि कार्य भइरहेको साथै शिक्षा,स्वास्थ्य,खानेपाने ,खेलकुद विकास लगायतका क्षेत्रमा उल्लेख्य काम भइरहेको बताए ।

 

सभामा नगर कार्यपालिका सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आ -आफ्ना धारणा राखेका थिए । सो अवसरमा मेयर पराजुली , उप मेयर इन्दिरा कार्की , प्रमुख प्रसाशकीय अधिकृत एकदेब अधिकारीले कार्यपालिका सदस्यहरुले राखेका जिज्ञासाहरुको सुझाव तथा जवाफ दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल