Birat Post शनिबार, चैत्र ०१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटगर १ चैत्र /
पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय विराटनगरमै राख्नुपर्ने माग सहित नेपाली कांग्रेस विराटननगर र समाजवादी पार्टीले वृहत अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिवार विराटनगरमा भएको अन्तरक्रियामा विभिन्न सामाजिक संघ,संस्था,नागरिक अघुवा तथा राजनैतिक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले विराटनगरबाट पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए सशक्त आन्दोलन गर्ने पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य केदार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय सार्ने सडयन्त्रको पहिलो शुरुवात भएको र विस्तारै विराटनगरका हरेक संरचनाहरु यसरीनै सर्दै जाने बताए । उनले गलत कामको विरोध गर्न आन्दोलित हुनुको विकल्प नभएको बताए ।

प्रदेशसभा सदस्य तथा समाजवादीका नेता जयराम यादवले अहिलेको सरकारले विराटनगरको ऐतिहासिकता मेटाउने काममा उद्धत भएको आरोप लगाए । राजनैतिक ,सामाजिक र ऐतिहासिक उपलब्धिका विषय यथावत राख्न नसके विराटनगरको महत्व घट्ने बताए ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरको गौरव मास्न खोज्ने कुनै पनि कुरा विराटनगरवासीलाई मान्य नहुने बताए । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय यथावत राख्न विराटनगरका आमबुद्धिजिवि ,शुभचिन्तकहरुमा आग्रह गरे ।

नेपाली कांग्रेस महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपानेले बिश्वविद्यालयको विधानमासमेत केन्द्रीय कार्यालय विराटनगरमा रहने उल्लेख भएको तर त्यसलाई संशोधन गरि गोठगाउँमा लैजाने षडयन्त्र भएको भन्दै आन्दोलनमा उत्रन आबश्यक भएको बताए ।

यस्तै समाजवादी पार्टी विराटनगरका कार्यबाहक अध्यक्ष मो .नसरुलले निर्णय तत्काल खारेज नभए सशक्त आन्दोलनमा उत्रने बताए । बर्तमान सरकार विराटनगरको पहिचान मेटाउने काममा लागेको भन्दै विरोध जनाए ।

राष्ट्रियसभाले पारित गरिसकेको शिक्षा सम्बन्धी केही नेपाली ऐन सशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरे पछि विधेयकको दफा ७ उपदफा २ मा बिश्वविद्यालय  केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैचा नगरपालिकाको गोठगाउँमा रहने उल्लेख गरेको छ । तर यसको विषयमा विराटनगरका आम बुद्धिजीवीहरु सन्तुष्ट छैनन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल