Birat Post सोमबार, चैत्र ०३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

श्रेया पोखरेल,

विराटनगर ३ चैत्र /

पशुहरुको निशुल्क उपचारमा विराटनगर महानगर जुटेको छ । पशुवाट मानिसले धेरै लाभ लिए पनि पशु प्रति गरिने ब्यवहारमा परिवर्तन ल्याउन भन्दै महानगरले यसखाले कार्यक्रम ल्याएको हो । यसै अन्तरगत महानगरपालिकाले एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर आयोजना सम्पन्न गरेको छ । सोमवार महानगर स्थित वडा नं १९ मा गरिएको शिविरमा ५सय ८ वटा पशुको स्वास्थ्य परिक्षण गरिएको भेटनरी साखा प्रमुख हिरालाल यादवले जानकारी दिए । शिविरमा नाम्लेजुकाको औषधी वितरण ,बेरामी पशुको परिक्षण ,गर्भपरिक्षण ,शल्यक्रिया ,बोका र बहरको बन्ध्याकरण लगायतका काम गरिएको छ ।
महानगर भित्रका केही वडाहरुमा कृषकहरुको राम्रै बस्ति छ । यसखाले कार्यक्रमले कृषकहरु लाभान्वित भएका छन् । शिविरमा सहभागि भएका मेयर भीम पराजुलीले मानवले पशुहरु बाट लिने लाभ संगै उनीहरुप्रति गरिने ब्यवहारमा सद्भाव देखाउन निशुल्क स्वास्थ्य शिविर आयोजनाका लागि पहलकदमी लिएको बताए । महानगर भित्रका पशु पालक कृषकलाई लाभ हुने गरी थप कार्यक्रम ल्याइने मेयर पराजुलीले बताए । यस्तै वडाध्यक्ष बद्री सरदारले आफ्नो वडामा पशुपालक कृषकको संख्या बढी भएको र लाभान्भित भएको बताए । यस खाले कार्यक्रमलाई समय समयमा निरन्तरता दिइने सरदारले बताए ।

पशुहरुको निशुल्क उपचारका केही दृष्यहरु :

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल