हजारौ सपनाहरु बोकेर हिडेका जनप्रतिनिधिहरुको सपना पुरा गर्ने दायित्व प्रमुख प्रशासकिय अधिकृतको

विराटनगरमा प्रमुख प्रशासकिय अधिकृत पोखरेललाई स्वागत, अधिकारीको विदाई

Birat Post बिहिबार, चैत्र ०६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ चैत्र /
विराटनगर महानगरमा सरुवा भइ आएका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेललाइ स्वागत गरिएको छ भने सरुवा भइ  जान लागेका  निवर्तमान प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीको विहिवार बिदाई गरिएको छ । कुशल प्रशासकको छवी बनाएका अधिकारीको बिदाइ कार्यक्रममा जनप्रतिनीधि तथा कर्मचारीले प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले विकास निर्माणका हजारौ सपनाहरु बोकेर हिडेका जनप्रतिनिधिहरुको सपना पुरा गर्ने कुरामा प्रमुख प्रशासकिय अधिकृतको ठूलो भुमिका हुने बताए । प्रमुख प्रशासकिय अधिकृतकोरुपमा रहदा अधिकारीले गरेका कामको प्रशंसा मेयर पराजुलीले गरेका थिए । नयाँ प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलवाट पनि समाज रुपान्तर सहित विकासका गतिमा पूर्ण सहयोग रहने बिश्वास ब्यक्त गरे । यस्तै उपमेयर इन्दिरा कार्कीले जनचाहना अनुरुप काम गर्ने बातावरण सवै पक्षबाट हुनेमा आशा ब्यक्त गरिन् । एउटै ठाउँमा बस्दा तितामिठा सवै कुरा हुने भए पनि विकासका काममा सबैको दायीत्व रहने बताइन् । प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलले जनप्रतिनीधिको स्पिडमा काम गर्ने बताए । उनले आफुवाट कुनै कन्जुसाइ नगरी विराटनगरको विकास र प्रगतिमा निरन्तर लाग्ने बताए । निवर्तमान प्रमुख प्रशाकिय अधिकृत एकदेव अधिकारीले देशको संघीय कार्यक्रम र योजना बारे केही अशन्तुष्टी ब्यक्त गरेका थिए । कर्मचारीको सरुवा ,बढुवा र सेबानिवृत्त हुने कुरा अनौठो नभएपनि संघीयता कार्यान्वयन र स्थानिय सरकारलाई हेर्ने दृष्टिकोण कमजोर मानसिकतावाट गुज्रिएको बताए । आफु बसुन्जेल विराटनगरको विकासमा आफुले अधितम कार्य गरेको बताए । यस्तै कार्यक्रममा वडाध्यक्ष विनोद बस्नेत ,कर्मचारीका तर्फबाट हिरालाल यादव लगायतले आ आफ्ना धारणा राखेका थिए । अधिकारी एक वर्ष अगाडी गृहमन्त्रालयवाट शरुवा भइ आएका थिए । अहिलेका पोखरेल भने स्वास्थ्य मन्त्रालयवाट आएका छन् । पोखरेलको स्थानीय तहमा पहिलो अनुभव हो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल