Birat Post शुक्रबार, चैत्र ०७, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ चैत्र /
कोरोना भाइरस सक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै विराटनगर महानगरले चिकित्सकहरुसंग परामर्श गर्नका साथै निजी अस्पतालका सञ्चालकहरु संगको छलफललाई तिब्र बनाएको छ । शुक्रबार महानगरमा भएको छलफलमा नगरका विभिन्न निजी अस्पताल र चिकित्सकहरुको सहभागिता रहेको थियो ।

मेयर भीम पराजुलीले सम्भावित खतराका लागि के कस्ता पूर्व तयारी अपनाउन सकिन्छ भन्ने विषयमा लाग्नुपर्ने बताए । विराटनगरका नीजि तथा सरकारी अस्पतालहरुमा सहज जाँचका लागि तयारी योजना बनाउन आबश्यक गृहकार्यलागि सुझाब समेत लिएका थिए । विराटनगरका हाटवजार र भिडभाड हुने स्थलमा सिमित संख्यामा बस्न समेत सुचना दिइने र अनुगमन समेत गरिने मेयर पराजुलीले बताए ।

छलफलमा कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डांं संगिता मिश्रले कोरोना भाइरसको सक्रमणवाट बच्न पूर्वतयारी आबश्यक रहेको बताइन् । देश अनुसार विभिन्न मोडलमा बेरामीको उपचार भइरहेकाले नेपालमा पनि ती विधिहरु अबलम्बन गरिने बताइन् । आबश्यक परेको अवस्थामा सवै अस्पताल कोरोना अस्पताल हुने र यसका लागि सरकारको पहलकदमी जरुरी हुने डां.मिश्रले बताइन् ।

लाइफगार्ड अस्पतालका डां.कैलाश कुमार श्रेष्ठले नीजि अस्पताल कोरोनाबाट डराएर नभाग्ने र आइपरे सवै संयन्त्र प्रयोगमा ल्याउन आफुहरु तयार रहेको बताए । कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल ,हाम्रो अस्पतालका डां. शंकर अधिकारी ,कोशी अस्पतालका प्रशासन प्रमुख नवराज लुइटेल लगायतले आ आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल