Birat Post सोमबार, चैत्र १०, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १० चैत्र /
कोरोना भाइरस –कोभिट १९ को सक्रमणबाट जोगिन विराटनगर महानगरपालिकाले अर्को सुचना जारी नभएसम्मका लागि लकडाउनको घोषणा गरेको छ ।
महानगरपालिकाले सोमबार उद्योगी, व्यापारी, व्यवसायी र सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी मंगलवार देखि लकडाउन गर्ने निर्णय गरेको हो । यस्तै सोमबारनै बसेको कार्यपालिकाको बैठकले समेत लकडाउन गर्ने निर्णय गरेको थियो । यो संगै विराटगर महानगरले नगरवासीका नाममा एक अपिल जारी गर्दै लकडाउन भएको र यो समयमा सबेदनशिल हुन आग्रह गरिएको छ । लकडाउन भए सगै विराटनगरमा उद्योग, कलकारखाना, पसल तथा सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । अत्यावस्यक परेको खण्डमा मात्र सवारीसाधन प्रयोग भने प्रयोग गर्न अपिल गरिएको छ । प्रेस , दूधका गाडी, खानेपानी, सागसब्जी, सरसफाई र खाद्यान्न लगायतका पसल भने बन्द नगरिने भएको छ । नगरबासीहरुलाई लकडाउनको समयमा अत्यावश्यक कामबाहेक अन्यथा बाहिर ननिस्कन विराटनगर महानगरका मेयर भीम पराजुलीले अपिल गर्नुभएको छ । नगरक्षेत्रमा कोही कसैलाई समस्या परे तत्काल सम्पर्क गर्न र सचेत रहन उहाँले आग्रह गर्नु भयो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल